सेतीकर्णाली खबर उमेश जङ्ग शाही बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका–स्थित कोल्टी बजारमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन्। कोल्टी बजारबाट बुढीनन्दा नगरपालिकातर्फ जाँदै गरेको बा १८ च ७१५१ नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको बा ४६ प ५१५९ नम्बरको मोटरसाइकल शिवपार्क नजिकै एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक बुढीनन्दा […]
सेतीकर्णाली खबर दिपेश शाही कार्तिक १२ बाजुरा। नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत बाजुरा जिल्लाको प्रदेश सभा क्षेत्र नं. ‘क’ र बुढिनन्दा नगरपालिका को अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नृपबहादुर खत्रीको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति निर्वाचित गरेको छभने बुढिनन्दा नगर सभापति छक्क मल्ल निर्वाचित भएका छन। मल्ल नेपाल पत्रकार महासंघ साखा बाजुराका निवर्तमान अध्यक्ष हुन। नेपाली कांग्रेसका […]
दुर्गम क्षेत्रका पीडा, विकासका सम्भावना र बेथितिविरुद्ध निरन्तर खबरदारी गर्दै आएको सेती कर्णाली खबर छैटौँ वर्षमा प्रवेश गरेको छ। कार्तिक ७ बाजुरा । उषाकिरण मल्टिमिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित अनलाइन सञ्चारमाध्यम सेती कर्णाली खबर डटकमले पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। २०७८ साल कार्तिक ७ गते आधिकारिक रूपमा कम्पनी दर्ता गरी सुरु गरिएको […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही कार्तिक ४ बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३, जुकोटमा आयोजित बडादसैँ तथा बृहत् सांस्कृतिक मेला भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्तिक १ गते देखि ३ गते दसैँको अवसरमा आयोजित उक्त मेलामा देउडा खेल, घोडचढी खेल, धार्मिक पूजाआजा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। मेलाको तेस्रो दिन चर्चित […]
सेतीकर्णाली खबर उमेश शाही असोज २४ बाजुरा कार्तिक १ गतेदेखि ३ गते नवमीको बिहानसम्म चौघानचौरमा देउडा खेल, व्यवस्थापनका लागि समिति गठन बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटस्थित चौघानचौरमा बडादसैँ–२०८३ को अवसरमा बृहत् सांस्कृतिक मेला आयोजना हुने भएको छ। जुकोटको मौलिक कला, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष विगतका […]
सेतीकर्णाली खबर शारदा शाही असोज २२ बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय शिक्षा योजना र प्राथमिकतामाथि छलफल तथा कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालयमा २०८३ असोज २१ गते आयोजित कार्यशाला गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रमेशराज भण्डारी, […]
सेतीकर्णाली खबर मनिषा शाही २१ असोज बाजुरा — वडा दशैं २०८३ को अवसरमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ जेराम स्व. जयलाल शाही स्मृति खुल्ला भलिबल कप र देउडा आयोजना हुने भएको छ। जेरा भ्याली युवा समाजको आयोजनामा हुने प्रतियोगिता भैरवनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले रु. ५५ हजार ५ […]
सेतीकर्णाली खबर असोज ५ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रमअन्तर्गत सहकारी, कृषक समूह तथा कृषकहरूका लागि आपूर्ति शृङ्खला व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। स्वामिकार्तिक खापर गाउँपालिका, इन्टिग्रेटेड डेभलपमेन्ट सोसाइटी नेपाल (IDS-Nepal) र विश्व खाद्य कार्यक्रम (WFP) को सहकार्यमा आयोजना गरिएको हो। तालिममा गाउँपालिकाका अध्यक्षको सभापतित्व तथा उपाध्यक्ष […]
सेतिकर्णाली खबर उमेश जङ्ग शाही भाद्र २२ बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीय दिनेश शाही स्वास्थ्य सेवा र कृषि क्षेत्रमार्फत गाउँमै स्वरोजगार बन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। जनता क्लिनिकमा अहेवका रूपमा कार्यरत शाहीले विगत चार वर्षदेखि जुकोट गाउँमा कोही बिरामी परेको खबर पाउनासाथ घरघरमै पुगेर उपचार सेवा दिँदै आएका छन्। गाउँमा स्वास्थ्य सेवा सहज […]
सेतीकर्णाली खबर भाद्र १६ बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का चार बस्तीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। वारिबगर, घट्ट, छुद्धरी र बालुवाका ५१ भन्दा बढी परिवार प्रभावित भएका छन् भने हालसम्म ९४ जना बिरामीको उपचार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। लगातारको वर्षाका कारण खानेपानीको पाइप खोलाले बगाएपछि स्थानीयवासी दूषित खोलाको पानी प्रयोग […]