October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापर गाउपालिकाकि उपाध्यक्ष जोसीको निधन

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ ४, २०८० 0५:५७
स्वामिकार्तिक खापर गाउपालिकाकि उपाध्यक्ष  जोसीको निधन

सेतीकर्णाली खबर

४ माघ,बाजुरा/ स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । विगत लामो समय देखि उपचार अवस्थामा रहनुभएकि जोशीको गए राति आफ्नै निवाश वाईमा निधन भएको पारीवारीक स्रोतले जनाएको छ । करीव ६, ७ महिना देखि उपचारर्थ अवस्थामा रहनुभएकि जोशीको असामाहिक निधन प्रति घर परीवार, आफन्तजन र सुभचिन्तक दुखित भएका छन । मृर्तक जोशीको आज दाहासंस्कार गरीने परीवारले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं चार वाई निवासि जोशी २०७९ सालको स्थानिय निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपाली काग्रेसबाट उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियाे ।आज स्वामिकार्तिक खापर गाउपालिकाले शोक बिदा गरेको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ ४, २०८० 0५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट