
सेतीकर्णाली खबर उमेश जङ्ग शाही
बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका–स्थित कोल्टी बजारमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन्।
कोल्टी बजारबाट बुढीनन्दा नगरपालिकातर्फ जाँदै गरेको बा १८ च ७१५१ नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको बा ४६ प ५१५९ नम्बरको मोटरसाइकल शिवपार्क नजिकै एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक बुढीनन्दा नगरपालिका–१० निवासी २६ वर्षीय हर्क रोकाया घाइते भएका छन्। उनको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
बुढिनन्दा नगरपालिका ८ वडाका जिप चालक कासि कठायत रहेको इलाका प्रहरी कार्यालय बुढीनन्दा कोल्टीका प्रमुख प्रहरी निरीक्षक विक्रम साहले सेतीकर्णाली खबरलाई जानकारी दिनुभयो।
दुर्घटनामा संलग्न जिप र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कोल्टीका प्रमुख प्रहरी सहायक हवल्दार निलमणि चाईले जानकारी दिनुभयो।
