
सेतीकर्णाली खबर मनिषा शाही २१ असोज
बाजुरा — वडा दशैं २०८३ को अवसरमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ जेराम स्व. जयलाल शाही स्मृति खुल्ला भलिबल कप र देउडा आयोजना हुने भएको छ।
जेरा भ्याली युवा समाजको आयोजनामा हुने प्रतियोगिता भैरवनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले रु. ५५ हजार ५ सय ५५, द्वितीयले रु. ३३ हजार ३ सय ३३ र तृतीयले रु. २२ हजार २ सय २२ पुरस्कार प्राप्त गर्ने छन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै बेस्ट प्लेयर, उत्कृष्ट स्पाइकर र अनुशासित खेलाडीलाई समेत सम्मान गरिने आयोजक जस बहादुर शाहीले बताउनु भयो ।
टिम दर्ता शुल्क रु. ५ हजार तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति २०८३ असोज २९ गते रहेको छ। प्रतियोगिता २०८३ असोज ३० गते बिहान ८ बजेदेखि सञ्चालन हुने जेराभ्याली यूवा समाजका प्रतिनिधि मंगल शाहीले जानकारी दिनु भयो।
कार्यक्रमको मिडिया पार्टनर सेतीकर्णाली खबर, रेडियो बुढिनन्दा र न्यू मिशन रहेका छन्। आयोजकले प्रतियोगितामा सहभागी हुन तथा कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सबैलाई उपस्थितिका लागि आग्रह गरेको छ।
