August 2, 2026 | आइतवार, साउन १७, २०८३

स्वामिकार्तिक खापर गाउँपालिकामा स्याउको गुणस्तर परीक्षण

  • सेती कर्णाली खबर
  • आइतवार, साउन १७, २०८३ १२:१८
स्वामिकार्तिक खापर गाउँपालिकामा स्याउको गुणस्तर परीक्षण

सेतीकर्णाली खबर

श्रावण १७ बाजुरा-स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा,राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना (जोन प्राबिधिक एकाई बाजुरा) र LIBIRD/RERAS परियोजना, GEI तथा ASIA का प्राविधिक टोलीले स्वामिकार्तिक खापर गाउँपालिकाका विभिन्न कृषकहरूको स्याउ बगैंचामा पुगेर स्याउको गुणस्तर परीक्षण गरेका छन्।

टोलीले रेफ्र्याक्टोमिटर (Refractometer) को प्रयोग गरी स्याउको मिठास (TSS/Brix) मापन गरेको हो। यस परीक्षणबाट स्याउमा रहेको घुलनशील चिनीको मात्रा थाहा पाउने भएकाले फलको स्वाद, गुणस्तर तथा बजारयोग्यता मूल्याङ्कन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यस प्रकारको प्राविधिक परीक्षणले कृषकहरूलाई उचित समयमा फल टिप्ने निर्णय गर्न, उत्पादनको गुणस्तर सुधार गर्न तथा बजारमा प्रतिस्पर्धी मूल्य प्राप्त गर्न महत्वपूर्ण सहयोग पुग्ने स्वामिकार्तिक खापर गाउपालिका कृषि साखा प्रमुख  बिनोद शाहीले सेतीकर्णाली खबर लाई बताए।

  • सेती कर्णाली खबर
  • -