March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

बाजुरामा कांग्रेसका गिरी विजयी,एमालेका थापा ५४० मतले पराजित

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन २४, २०८२ 0६:३५
बाजुरामा कांग्रेसका गिरी विजयी,एमालेका थापा ५४० मतले पराजित

बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका हुन्।
त्यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ प्राप्त गर्नुभएको छ ।नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ४ सय २४ प्राप्त गरेका छन्। त्यस्तै क्रमश:केशर शाहीले हलाे चिन्हमा ३ सय ५२ दिपक डिसिले आँखा चिन्हमा ९७ भुपेन्द्र विकले गुलाफ चिन्हमा ३३३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चराेमा ७२ मत पाएका छन्।
विजयी गिरी नेपाल सरकारका पूर्व भुमिसुधार सहायक मन्त्री समेत हुन्। बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४२ हजार ६५ मत खसको थियाे ।एक निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिष्प्रर्धामा थिए।
बाजुरामा याे निर्वाचन ऐतिहासिक नमुना मतदान समेत भएको थियाे।बाजुरामा ७७ मतदान स्थलका ११८ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र थिए। प्रत्यक्षतर्फकाे मतगणना सम्पन्न पश्चात् समानुपातिक तर्फका मतगणना गरिने मुख्य निर्वाचन अधिकृत संजीव पाेखरेलले जानकारी दिए।

  • सेती कर्णाली खबर
  • -