बाजुरा– बाजुरा जिल्बलाकाे बडीमालिका नगरपालिकाको आयोजनामा र नेपाल नेत्रज्वती संघ गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा सदरमुकाम मार्तडीमा २ दिने आँखा शिबिर संचालन गरिएको छ ।
जिल्ला अस्पताल बाजुरामा संचालन भएको शिबिर आजदेखि सुरू भएको हो । शिबिरमा मोतिबिन्दु लगायतका समस्या पहिचान शल्यक्रिया (अप्रेसन) गरिने आयोजनकले जनाएको छ । उद्धघाटन कायर्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले शिविरमा सहयोग गर्ने गेटा आखा अस्पतालको टिमलाई धन्यबाद दिनुका साथै आगामी दिनहरुमा सहयोग र सहकार्यको समेत अपेक्षा ब्यक्त गरेका थिए ।
नगरप्रमुख खड्काले नगरबासीको स्वास्थ्य जीवन गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो प्राथमिकता रहेकाे बताएका छन । कार्यक्रमकाे अध्यक्षता भने बडिमालिका नगरपालिकाका नगर प्रमुख अम्मर बहादुर खड्काले गरेका हुन् ।