June 6, 2025 | शुक्रबार, जेष्ठ २४, २०८२

बाजुरामा एक थुनुवाको मृत्यु

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ २३, २०८२ 0५:0९
बाजुरामा एक थुनुवाको  मृत्यु

बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ३ धनाल्तका ४२ बर्षिया जंग बहादुर रावत रहेका छन ।

अभद्र ब्यबाहारको मुद्धामा रहेका रावत हिरासतमै बिरामी भएर अस्पताल लगिएको र उपचारकै क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बिरामी भएर अस्पताल लगिएका थुनवा रावतको हिजो साँझ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रावतले पेट दुख्यो भनेर हिरासतबाट जिल्ला अस्पतालमा लगिएको  प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • -