April 16, 2025 | बुधबार, बैशाख ३, २०८२

बाजुरा लगायत सबै बितरणकेन्द्रमा बिद्युत सुरक्षा दिवस मनाईयो

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र २५, २०८१ १६:३४
बाजुरा लगायत सबै बितरणकेन्द्रमा बिद्युत सुरक्षा दिवस मनाईयो

पवनराज उपाध्याय
बाजुरा चैत्र २५

बाजुरा : नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र बाजुरा शाखाले विद्युत सुरक्षा दिवस २०८१ मनाएको छ । ‘जोखिम न्युनिकरणमा साझेदारी , हामी सबैको जिम्मेवारी ’ भन्ने मूल नाराका साथ विद्युतीय सुरक्षा दिवस भव्यताका साथ मनाएको हो ।

‘घरघरमा भरपर्दो विद्युतिय सुरक्षाका उपकरण प्रयोग गयौं , विद्युतीय दुर्घटनाबाट बचौँ’ , विद्युतिय काममा सावधानी अपनाउ जस्ता चेतनामूलक प्लेकार्डसहित शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरि सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोक हुँदै प्राधिकरणको कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै शाखा प्रमुख राजेश कुमार झाले ५ हजार ग्राहक रहेको बाजुरा वितरण केन्द्र शाखामा विद्युत चुहावट १८ प्रतिशत रहेको बताउनुभयो ।

oplus_2

विद्युतबाट नागरिकलाई सुरक्षाको प्रत्याभुती हुने गरि बाजुरा वितरण केन्द्रले काम गरिरहेको उहाँले बताउनुभयो । यसमा सबैको साथ सहयोग रहने उहाँले अपेक्षा गर्नुभयो । सुरक्षा दिवस कार्यक्रममा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुरा शाखा कर्मचारीहरुको बाक्लो सहभागिता रहेको थियो ।

oplus_2

oplus_2

oplus_0

oplus_2

oplus_2

oplus_0

oplus_0

oplus_0

  • सेती कर्णाली खबर
  • -