December 4, 2024 | बुधबार, मंसिर १९, २०८१

बाजुराको स्वामिकार्तिकमा ५२.३१ प्रतिशत मत खस्यो, आजै मतगणना हुने

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर १६, २०८१ १३:0१
बाजुराको स्वामिकार्तिकमा ५२.३१ प्रतिशत  मत खस्यो, आजै मतगणना  हुने

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ । जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो ।

जसमा १ नम्बरमा ८ सय ९०, २ नम्बरमा ७ सय २२, ३ नम्बरमा १ हजार ६८, ४ नम्बरमा ७ सय ७८ र ५ नम्बरमा ४ सय ७० मत खसेको बताइएको छ । आजै  मतगणना हुने  मुख्य निर्वाचन  कार्यालयले जनाएको छ।

सबै मतदान स्थलबाट मतपेटीका गणना स्थल सुईजिउला  ल्याउने तयारी गरिएको छ । राति नै मतपेटीका पालिका पुर्याएर गणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयको रहेको छ ।

पालिकाको ५ वटा वडाका ९ वटा मतदान केन्द्रमा शान्तिपूर्वक मतदान कार्य सकिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताएका छन् ।  प्रत्येक नागरिकले लाईनमै लागेर आफ्नो मतको आफैले प्रयोग गर्ने वातावरणमा निर्वाचन सकिएको छ ।

पालिकामा उपाध्यक्षका लागि तीन जना बीच प्रतिस्पर्धा छ । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी (बुढा), नेपाली काँग्रेसबाट पुल्तीसरा शाही र नेकपा एकीकृत समाजवादीबाट जवा शाहीको उम्मेदवारी छ । नेकपा माओवादी केन्द्र र राप्रपाले भने उम्मेदवारी फिर्ता लिएका थिए ।

  • सेती कर्णाली खबर
  • -