बाजुरा–बाजुरा जिल्लामा तीन दिनदेखि इन्टरनेट र बिद्युत सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा जडान गरिएको भरपर्दो तथा गुणस्तरिय इन्टरनेट सेवा अप्टिकल एनटी फाइवर नेट सेवा अवरुद्ध भएको हो ।
१५ गते दिउँसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ ।साथै बाजुरा मा ३३के भि लाईन चेक जाँच गर्ने गरिराखेकाे नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र प्रमुख राजेश कुमार झा ले बताएका छन् ।
साथै बल्दे नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तरगत विद्युतको पोलसंगै विस्तार गरिएको बतार चुडिएपछि जिल्लामा एनटी फाइवरको इन्टरनेट सेवा अवरुद्ध नेपाल जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्युतको लाईन विस्तार गर्ने क्रममा इन्टरनेट सेवाको तार चुटाएको टेलिकमले जानकारी दिएको छ । कार्यालयका अनुसार चुडिएको तार जडान गर्न प्राविधिकको टोली धनगढीबाट आउनुपर्ने हुँदा केहि ढिलाई भएको जनाएको छ । अहिले सो ठाउँमा मर्मत कार्य भइरहेकाले आज साँझसम्म इन्टरनेट सेवा सुचारु हुने भएको छ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले विना जानकारी विद्युतको लाइन मर्मत कार्य गरेर इन्टरनेटको तार चुडाएको भन्दै जाँचबुझ गरेर कारवाही गरिने बताएका छन् ।
दशैंको मुखैमा इन्टरनेट सेवा अवरुद्ध भएपछि सदरमुकाम मार्तडीमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयसंगै बैक तथा वित्तिय संस्थाहरुका दैनिक कामकाज प्रभावित भएको छ ।
दशैकाे मुखमा केही काम गरेर दशै मनाउला भनेकाे थिय तर बिद्युत ले दुख दियपछी समस्या भएकाे माेवाईल व्यापारी सुरेश बाेहराले जजए का छन् ।
जिल्लामा ३३ के भि लाईन चेक जाँच गर्ने भएका हुदा केहि दिनदेखि निरन्तर विद्युत सेवा पनि अवरोध हुदैँ आएको छ । त्यस्तै अछाम वितरण केन्द्रले आफ्ना सेवा क्षेत्रभित्र विस्तार गरिएको लाइन अन्तर्गत रुखका हाँगा तथा काठहरु काट्ने काम भइरहेकाले आज बाजुरामा पनि विद्युत सेवा अवरोध भएको छ ।
चाडवाडको मुखैमा इनटरनेट तथा विद्युत सेवा अवरोध हुन थालेपछि कार्यालयका कामकाजसँगै नागरिकको दैनिक समेत कष्टकर जस्तै बन्न थालेको छ ।