October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

  • सेती कर्णाली खबर
  • शनिबार, असार २२, २०८१ ११:३0
दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

सेतीकर्णाली खबर,बाजुरा- दुई सातादेखि विद्युत अवरुद्ध हुँदा धुलाचौर बजार लगायत गाउँका स्थानीय अध्यारो बस्न बाध्य भएका छन।

हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत अबरुद्ध हुँदा धुलाचौर लगायत गाउँमा बस्ने स्थानीय अध्यरोमा बस्न बाध्य भएका छन। असारको पहिलो हप्ता देखि अहिलेसम्म विद्युत समस्या भएपछि सोलार टुकी बालेर बस्ने गरेको छन। बिजुुली हुँदा बजारमा विभिन्न विद्युत मार्फत काम गर्न सकिने काम सहजरूपमा गर्न सकिन्थ्यो। अहिले बजारमा बिजुलि बत्ती नहुदा काम गर्न मुस्किल हुनका साथै अध्यारो कोठामा बस्नुपर्ने अवस्था रहेकोे धुलाचौर बजार व्यवसायी दिपेन्द्र बुढाले बताए।

बजारमा बिजुली समस्या भएका कारणको बजारका धेरै मान्छेहरू राती सोलारको भरमा बस्नुपर्ने अवस्था आएको छ। बिजुली आएपछि उज्यालो काम मात्र नभई विद्युतय औजार मेसिन चलाउन सजिलोसँग कामगर्न सकिन्थ्यो। भने अहिले बजारमा बिजुली बत्तीको दुई हप्ता देखि अहिलेसम्म बन्द भएका कारणको बजार अधिकास व्यवसायी साझ राति अध्यारो अवस्थामा बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

कवाडी खोला लघु जलविद्युत आयोजना समस्या हुँदा हिमाली गाउँपालिका वडा नम्बर ५ रुगिन, नदापाटा र बच्छया वडा नम्बर ४ फैती र बोर्ता गाउँ बस्तिका घरपरिवारहरु अध्यारोमा बस्ने गरेको स्थानीय जनक मलालले बताएका छन। असार पहिलो हप्ता बाट विद्युत समस्या आएपछि गाउँ घरमा सोलार टुकी प्रयोग गरेर उज्यालोमा बस्नुपर्ने अव्यवस्था आएको छ।

बिजुली बत्तीको भरमा बसेका गाउँका स्थानीय कतिपय गाउँघरमा भएको सोलार पनि बिग्रेको हुँदा अध्यारो कोठामा अन्धाधुन्ध बस्नुपर्ने अवस्था छ। गाउँका स्थानीयहरुलाई मात्र अध्यारो बस्नुपर्ने बाध्यता नभई धुलाचौर र कुवाडी बजार बासी राति अन्धकारमा बसेका छन। यसलाई तत्कालीन अवरुद्ध भएको विद्युतको समाधान गरेर उज्यालोका साथ झिल्लीमिली पार्ने सम्बन्धि निकायको ध्यानाकर्षण समेत गराएका स्थानीय मलालले बताए।

अहिलेसम्म हिमाली गाउँपालिका वडा नम्बर ४ र ५ सहित धुलाचौर र कुवाडी बजार सहित ६ सय घरधुरी बिजुली बत्ति पहुँचमा रहेका छन। असार पहिलो हप्ताबाट विद्युतमा समस्या हुँदा त्यसलाई बनाउन काठमाडौ बाट सामान सहित प्रविधिक बोलाएका छौँ। प्राविधिक सहित नेपालगन्ज आइसकेको छन। मौसममा कारणले जहाज आउन नसक्दा समस्या भएको छ। नेपालगन्ज बाट जहाज आउने बित्तिकै विद्युत आएको समस्या समाधान गराएर छिट्टै सञ्चालनमा ल्याउन लागिपरेको कुवाडी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड अध्यक्ष सौरे बुढथापाले बताए।

  • सेती कर्णाली खबर
  • -