October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

२५ जना अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

  • सेती कर्णाली खबर
  • सोमवार, असार १७, २०८१ १२:४१
२५ जना अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

बाजुरा- हिमाली गाउँपालिका भित्र रहेका २५ जना अभिभावक बिहिन बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ।

असार १७ गते सोमबार दिन एन औपचारिक कार्यक्रम बिचमा सामाजिक विकास कार्यक्रम मार्तडी बाजुराको आर्थिक वर्ष २०८०/०८१को वार्षिक कार्यक्रम अनुसार अभिभावक बिहिन भएका बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम बाल बालिकाहरुलाई नगद एक जनालाई ६ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको छ। हिमाली गाउँपालिका भित्र रहेका बाबु आमा नभएका र बाबु अथवा आमा गुमाएका टुहुरा बालबालिकाहरुलाई आर्थिक सहयोग वितरण गरिएको छ। १ जना ६ हजार दरले २५ जना बालबालिकालाई जम्मा १ लाख ५० हजार रुपैयाँ टुहुरा बालबालिकालाई सानोतिनो आर्थिक सहयोग गरिएको सामाजिक विकास कार्यालय मार्तडी प्राविधिक सहायक गणेश चौधरीले बताएका छन।

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले टुहुरा तथा विपन्न वर्गका बालबालिकालाई नगद सहित हस्तान्तरण गरेका छन। बालबालिका पढाई क्षेत्रमा उच्च पुर्‍याउन उत्तरोत्तर प्रगति कामना गर्दै शुभकामना सहित दिएका छन। बालबालिका सानो सहयोगले बालबालिकालाई सहयोग रहने भएको छ। सहयोग गर्ने सामाजिक विकास कार्यालय मार्तडी बाजुरालाई धन्यवाद दिएका छन। सामाजिक विकास कार्यालय मार्तडी बाजुरा द्रारा गाउँपालिका गाउँपालिका रहेका अभिभावक बिहिन बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम भनेर सहयोग गरिएको छ।

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको हो। सोही कार्यक्रममा अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढा, ५ का वडाका अध्यक्ष प्रदिप थापा, ६ नम्बर वडाका वडा अध्यक्ष प्रेमलाल भण्डारी, भवानी माध्यमिक बिधालय प्रधानाध्यापक धर्मराज पाण्डे र सामाजिक विकास कार्यालय मार्तडी प्रविधिक सहायक गणेश चौधरी सहित उपस्थितिमा अभिभावक बिहिन २५ जना बालबालिकाहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • -