October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पशुलाई कृतिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १९, २०८१ १३:३९
पशुलाई कृतिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन

सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका पहिलोपटक पशुहरुलाई कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गरिएको छ।

हिमाली गाउँपालिका पशु सेवा शाखा धुलाचौर बाजुराको आयोजनामा हिट सिन्क्रोनाजेसनको माध्यमबाट सञ्चालन गरिएको कृतिम गर्भाधान मिसन कार्यक्रम राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाट बाकेको प्राबिधिक सहयोगमा पशु कृतिम गर्भाधान कार्यक्रम गरिएको छ। गाउँपालिका आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत बजेटको लक्ष्य अनुसार कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गरिएको हिमाली गाउँपालिका पशु शाखा प्रमुख गौरी पाण्डेले जनाएका छन।

हिमाली गाउँपालिका वडा नम्बर ६ र ७ मा जेष्ठ १० गतेदेखि १९ गतेसम्म कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन भएको छ। कृत्रिम गर्भाधान कार्यक्रमबाट बाख्रा ८ वटा भैंसी ८ वटा गाई ३ वटा गरी जम्मा १९ वटा पशुहरुलाई गर्भाधान गर्न सफल भएका छौँ। हामीले कृतिम गर्भाधानका माध्यमबाट उन्नत जातका पशुहरुको बिकास गर्ने, यसलाई दुध तथा मासु उत्पादन वृद्धि गर्नेका निम्ति यो कृत्रिम गर्भाधान कार्यक्रम गरिएको छ।

कृषकहरुको स्थानीय पशुमा उन्नत जातका पशुको विर्यबाट कृतिम गर्भाधान गर्दा फाइदा हुने भएकाले कृषकका पशुहरुको घरदैलोमा कृत्रिम गर्भाधान कार्यक्रम चलाएको छ। कृषकलाई पशुहरुको प्रजनन समस्याबाट सर्ने जुनोसिस रोगबारे कृषकलाई जनचेतना गराइ शुद्ध दुध र मासु उत्पादन गर्न प्रेरित गर्नु समेत अभिवृद्धि गराएको राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्जका पशु सेवा प्राविधिक देव नारायण जैसीले जनाएका छ।

  • सेती कर्णाली खबर
  • -