October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सोरुका दुर्गम बस्ती सडक संजालमा जोडिदै

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २६, २०८१ १६:५५
सोरुका दुर्गम बस्ती सडक संजालमा जोडिदै

उमेश जङ्ग शाही २६ ब‌ैशाख मुगु/ जिल्लाको दुर्गम सोरुकोट गाउँपालिकाले पछिल्लो समय काममा तिब्रता देखाएको छ । कुनैवेला एक गाउँवाट अर्काे गाउँ सम्म आवतजावत गर्न हप्ता दिन सम्म हिडेर आवतजावत गर्नुपर्ने बाध्यता थियो । पछिल्लाे समयमा गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीका सक्रियतामा गाउँपालिकाका अधिकाँस वडाहरू सडक संजाल मा जाेडिने क्रम सुरूभएकाे छ । सडक  संजालमा जोडिदा प्रत्येक वडाका नागरिकमा खुशिको आभास छाएको छ । महंगिको चपेटामा परेका नागरिकलाई सस्तो सुलभ सामान ढुवानीमा सहज हुनेभएको छ । सुन्दर सोरुकोट पर्यटनका हिसाबले पनि निकै सम्भावना बोकेको पालिका रहेको गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताउनुभयो ।

नुन डिपो खाध्य संस्थान लगायतले पनि मानव जनजीवनमा सहजता छाएको उहाँको भनाइ छ ।सडक संजालमा जोडिए सगै फोर जि लगाएत ईन्टरनेटमा पनि टावरहरु बनी सकेको र केही दिनमै सेवा बिस्तार गरिने उहाँले बताउनुभयो । शिक्षा स्वास्थ्य सडक लगायतका बिकास योजनामा आफू कहिल्यै पछाडी नहट्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । भर्खरै मात्रै गाउँपालिकाको वडा नं.४ लिब्रुखोला सडक र वडा नं दुईको मुसिखोला हुँदै सोरुकोट सम्मको सडकमा विवादका कारणले ढिलाइ थियो ।

खेतबारीमा लगाएको बालिनाली लाई पनि कुनै प्रबाह नगरी नागरिकलाई सडकको संजालमा जोड्न सोमबार स्थलगत अनुगमन गरी समस्याकाे समाधान गर्न स्वयम् अध्यक्ष गाउँवस्तिमै गएर समस्या समाधान गर्नुभएकाे थियाे । करिब ११ किलोमीटर सडक ४/५ दिन भित्रै सडकको पहुँचमा जोडिने बताउनुभयो । उहाँका अनुसार मुगु जिल्ला स्वर्गको टुक्रा भएको बताउनुभयो ।

 


  • सेती कर्णाली खबर
  • -