October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वेच विखनका लागि कृषि हाट वजार र ढुवानिका लागि एम्वुलेन्स सञ्चालन गर्ने स्वामीकार्तिकको तयारी

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख २४, २०८१ 0६:५६
वेच विखनका लागि कृषि हाट वजार र ढुवानिका लागि एम्वुलेन्स सञ्चालन गर्ने स्वामीकार्तिकको तयारी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले स्थानिय स्तरमा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि कृषि हाट वजार सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न वंैठकले स्थानिय स्तरमा उत्पादित विभिन्न कृषि उपजको वेच विखनका लागि गाउँपालिकामा कृषि हाट वजार सञ्चालन गर्ने निर्णय गरेको हो । हाल सम्म राष्ट्रिय सडक सञ्जाल संग नजोडिएको गाउँपालिकले किसानको सहजताका लागि वजारीकरणमा टेवा पुग्ने उदेश्यले कृषि हाट वजार सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

कृषि हाट वजारमा स्थानिय स्तरमा उत्पादन भएका विभिन्न प्रकारका विउ, फलफुल, वेर्ना तरकारी र रैथाने वालिको विक्रि वितरण तथा ढुवानिमा सहज हुने उहाँले बताउनुभयो । विक्रि वितरणका लागि कृषि हाट वजार र ढुवानिको लागि कृषि एम्वुलेन्स सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

रोयल नर्वेजीयन राजदुतावास तथा युएनडीपीको आर्थिक सहयोग तथा लीवर्ड र स्थानिय सरकारको संयुक्त साझेदारिमा सञ्चालित कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा आयोजना अन्र्तगत कृषि हाट वजार सञ्चालन हुने कृषि शाखा प्रमुख विनोद शाहीले जानकारी दिनुभयो । उहाँले जेठको दोश्रो हप्ता भित्र हाट वजार सञ्चालन गर्ने तयारी भएको बताउनुभयो ।

कृषि हाटवजार सञ्चालन तथा स्थापनाका लागि सरोकारवाला निकाय र किसान विच आज छलफल समेत उहाँले बताउनुभयो । कृषि हाटवजार सञ्चालन तथा ब्यवस्थापनका लागि समति गठन गरिएको वडासदस्य धुर्व बहादुर कैलाले बताउनुभयो । स्थानिय गंगराज गिरी अध्यक्ष र कृषि शाखा प्रमुख विनोद शाही सदस्य सचिव रहने गरि नौ सदश्यीय कृषि हाटवजार समिति गठन गरिएको वडासदस्य कैलाले बताउनुभयो ।

कृषि हाट वजारमा किसानले स्थानिय स्तरमा उत्पादन गरेका विभिन्न रैथाने वालि तथा फलफूल सहजैरुपमा विक्रि वितरण गर्ने पाउने र उपभोक्ताले पनि सस्तो मुल्यमा किन्न पाउने छन । यसका लागि हप्तामा एक दिन कृषि मेला प्रदशनि हुने र किसान र उपभोक्ता विच किन वेच हुने गाउँपालिकाले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • -