October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख २२, २०८१ 0३:१७
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

उमेश जङ्ग शाही
२२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका चालक हरि रोकायाले बताए । टेक्टर फसेर सडक अवरुद्ध भएपछी कोल्टी देखि पिलुचौर सम्म जिप,  टेक्टर , ट्रक र मोटरसाइकलआवत जावत बन्द भएको छ। कोल्टी बजार बाजुराको दोस्रो ब्यापारीक केन्द्र हो ।  जगन्नाथ , स्वामिकार्तिक, हिमाली गाउपालिकाका स्थानियलगाएत मुगु र हुम्लाका मानिसहरु पैदल यात्रा गर्न बाध्य भएका छन।बुढिन्दा नगरपालिकामा मर्मतको लागी हार गुहार गर्दा नगरपालिकाले वास्ता नगरेको स्थानियबासीले आरोप लगाएका छन।

 

  • सेती कर्णाली खबर
  • -