October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कुवाडी जलविद्युत सहकारी कोषाध्यक्ष पदको उप-निर्वाचनमा बुढथापा विजय

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन २२, २०८० 0६:४५
कुवाडी जलविद्युत सहकारी कोषाध्यक्ष पदको उप-निर्वाचनमा बुढथापा विजय

उमेश रोकाया,बाजुरा- कुवाडी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष पदको उप-निर्वाचनमा नानीकला बुढथापा विजय भएका छन।

हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कुवाडी खोला लघु जलविद्युत सहकारी संस्थाको कोषाध्यक्ष पदका लागि फागुन २१ गते दिनमा सहकारीको भवनमा उप-निर्वाचन गरिएको निर्वाचन अधिकृत जानक बहादुर रोकायाले बताएका छन। उक्त निर्वाचन नानिकला बुढथापा र आगी भण्डारी दुई जनाको उम्मेद्बारी रहेकोे थियोे।

सोही निर्वाचन नानिकला बुढथापाले ४८ मत ल्याएर बिजय भएको छन। प्रतिपक्ष मागी भण्डारीले २२ मत ल्याएर पराजित भएका छन। कुवाडी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड कोषाध्यक्ष पदको निर्वाचनमा ७५ जनाले मात खसेको र त्यसमा ५ मत बदर भएको निर्वाचन अधिकृत रोकायाले बताएका छ्न। फागुन २१ गते बिहान् ८ बजे देखि साझ ४:३० सम्म निर्वाचन भएको हो। उक्त सहकारी संस्था हालसम्म ३ सय २४ सेयर सदस्यता रहेका सहकारीले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -