October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

खप्तड छेडेदह गाउँपालिका १४ओैं हिउँदे अधिवेशन सम्पन्न : अधिवेशन बाट ८ वटा कार्यविधि पारित

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १८, २०८० १६:५५
खप्तड छेडेदह गाउँपालिका १४ओैं हिउँदे अधिवेशन सम्पन्न : अधिवेशन बाट ८ वटा कार्यविधि पारित

१८फागुन बाजुरा

खप्तड छेडेदह गाउँपालिकाको १४औं   हिउँदे  अधिवेशन तथा गाउँ सभा  सम्पन्न भएकाे छ्। अधिवेशनबाट ८ वटा कार्य विधि पारित गरेकाे छ्।
गाउँपालिकाकाका अध्यक्ष दीलबहादुर रावतले अधिवेशनमा पेश गरिएका आठ वटा  कानुन पारित गरिएको हाे ।
हिउँदे अधिवेशनमा अध्यक्ष रावतले विनियोजनको बजेट संशोधन कार्य विधी २०८०,गाउँ कार्य संचालन कार्य निर्देशिका २०८०,प्रशासकीय कार्य विधी संशोधन २०८०,विषयगत समिति कार्य संचालन कार्य विधी २०८० पारित गरिएको प्रमुख प्रशाकीय अधिकृत पाध्यायले बताएका छन् ।
यस्तै टोल विकास संस्था परिचालन कार्य विधी २०८०,कार्य स्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचार संहिता २०८०,उर्जा विकास उप समिति गठन तथा संचालन कार्यविधी २०८०,मर्यादित महिनावारी व्यवस्थापन निर्देशिका २०८० रोजगार संवाद मञ्च संचालन तथा व्यवस्थापन कार्य विधी २०८० पारित गरिएको गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथले बताएकी छन् ।
सभामा पालिकाको आर्थिक वर्ष २०८०÷०८१ मा असारमा ल्याएको  ५० करोड बजेट मध्ये पुँजिगत तर्फको कुल बजेटको ३० प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पाध्यायको भनाई रहेको छ ।
पालिकाले ल्याएको चालु र पुँजितगत खर्च बराबर नै खर्च भएको पालिकाले जनाएको छ ।
खप्तड छेडेदहमा शिक्षा चेतनामा कमी, विकासका पुर्वाधार निर्माणमा सुस्तता र स्रोत साधनको प्रयोगमा निकै पछाडी रहेकाले स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गर्दै पालिकालाई समृद्ध बनाउन रातदिन प्रतिवद्ध भएर पालिकाको विकासका लागि सबैले सहयोग गर्नुपर्ने  गाउँपालिका अध्यक्ष  रावतले बताएका छन् ।
नागरिकका जनजीविकाका सवालमा आधारित भएर पालिकामा नीति निर्माण गरेर कार्यान्वयनमा जोड दिएको उपाध्यक्ष बिसुदेवी नाथ बताइन् । गाउँपालिकामा थुप्रै नीति नियम निर्माण गर्न बाँकी रहेकाले आगामी दिनमा स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर नीति निर्माण गरेर कार्यान्वयनको बाटोमा लाग्नुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले जोड दिएका छन् ।

  • सेती कर्णाली खबर
  • -