October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली- ६ मा बिरुवा काटछाटका सामाग्री अगुवा कृषकलाई हस्तान्तरण

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ २५, २०८० १५:४३
हिमाली- ६ मा बिरुवा काटछाटका सामाग्री अगुवा कृषकलाई हस्तान्तरण

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा बिरुवा काटछाटका सामाग्री कृषकलाई हस्तान्तरण गरिएको छ।

धिम गाउँका अगुवा कृषकलाई लगाएका विरुवाको लागि हिउँदे सिजन लागेपछि कृषकहरु लाई रोपेका बोटका काटछाट गर्ने स्याउमा किराले काटन बाट बचाउन रङरोगन समेत सहयोग गरिएको छ। जे.आइ.जेट. संस्थाको विशेष आर्थिक सहयोगमा विभिन्न सामाग्री गाउँ अगुवा कृषकलाई सामान दिएको छ।

गाउँका शान्ति कृषक समुहहरुलाई फलफुल बिरुवा काटछाटका सामाग्री सिकेचर १५ वटा, आरा, बोर्डो पेष्ट (५ बाल्टि) ५० किलोग्राम, ब्रुश १५ वटा र भरेङ १ वटा गरि ३६ वटा सामाग्री अगुवा कृषकलाई वितरण गरिएको जि.आइ.जेट. ग्रेप प्रोजेक्ट हिमाली गाउँपालिका कृषि संयोजक धर्म राज बुड्थापाले बताउनुभयो। हिमाली गाउँपालिका र जे.आइ.जेट. संस्थाको साझेदारीमा कृषकलाई सामाग्री वितरण गरिएको छ।

हाम्रो संस्थाले विशेषगरी काम गरेको स्याउ, रैथाने बाली, तरकारी,आलु, र जडिबुटी लागि पहिलो प्राथमिकता दिएर काम गरेको छ। अहिल बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिका वडा नम्बर ६ को धिम र पाँडी वडा नम्बर ४ को बोर्ता गाउँमा लागु गरिएको छ।

जे.आइ.जेट. संस्था सबै कार्यालय कर्मचारी स्थलगत पुगेर गाउँ कृषकलाई एक अनौपचारिक कार्यक्रम बिच वडा अध्यक्ष प्रेमलाल भण्डारी जे.आइ.जेट. संस्था कार्यालय स्टोर कर्मचारी र फिल्ड कर्मचारी अगुवा कृषक समुह उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको छ।

  • सेती कर्णाली खबर
  • -