October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकले राष्ट्रपति रनिङ सिल्ड उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कार

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ २५, २०८० १४:२१
स्वामिकार्तिकले राष्ट्रपति रनिङ सिल्ड उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कार

उमेश रोकाया,बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाका १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको छ।

“स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टीमा भएको १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरेको खेलमा उत्कृष्ट खेलाडीहरु लाई पहिलो स्थान स्वर्ण ६ जनालाई १० हजार, रजत २ जनालाई ८ हजार र काश्य ४ जनालाई ६ हजार सहित गोल्ड मेटल प्रमाणपत्र सहित गाउँपालिका अध्यक्ष भरत रोकायाले हस्तान्तरण गरेका छन।

स्वामीकार्तिक खापर गाउँपालिका जिल्ला राष्ट्रपति रनिङ शिल्डमा उतकृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई गाउँपालिकाले बिहीबार कार्यक्रम गरेर खेलाडीहरु लाई नगद तथा प्रमाणपत्र बितरण गरी सम्मान साथ स्वागत गरेको गाउँपालिका अध्यक्ष भरत रोकायाले बताएका छन। आर्थिक बर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम अनुसार पुरस्कार वितरण तथा सम्मान साथ खेलाडी हौसला प्रदान गराउन पालिकाले नगद सहित सम्मान गरेको छ। गाउँपालिका खेलाडी जुन जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा उत्कृष्ट आउने खेलाडीहरु लाई प्रदेश स्तरीय हुने खेलका लागि शुभकामना सहिद दिएको गाउँपालिकाले जनाएको छ।

जिल्ला राष्ट्रपति रनिङ शिल्डमा उतकृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई वितरण कार्यक्रमका अध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर राेकाया रहनु भएको छ। अतिथिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर राेकाया, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, कर्मचारी लगायत स्थानीयकाे सहभागीता जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको गाउँपालिका जनाएको छ। जुन गाउँपालिकाले गरेको कार्यक्रमले खेलाडीमा खेलप्रति लगाभ बढाउन प्रेरित गर्ने अपेक्षा गाउँपालिकाले गरेकाे बताएको छ ।

  • सेती कर्णाली खबर
  • -