October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

रेडियो अपिले गर्‍यो प्रेस युनियन सदस्य घटलालाई स्वागत तथा बधाई

  • सेती कर्णाली खबर
  • आइतवार, माघ २१, २०८० 0४:0९
रेडियो अपिले गर्‍यो प्रेस युनियन सदस्य घटलालाई स्वागत तथा बधाई

बाजुरा- नेपाल प्रेस युनियन सदस्यमा मनोनीत मालती घटलालाई रेडियो अपिले स्वागत तथा बधाई दिएका छन।

बुढिनन्दा नगरपालिका कोल्टीमा रहेकोे सामुदायिक रेडियो अपि एफ.एम. ८८ मेघाहर्ज समाचार सहायक मालती घटला प्रेस युनियन सदस्यमा मनोनीत गरेर कार्यालय आउँदा रेडियो टिमले स्वागत तथा बधाई दिएका छन। जिल्लामा तेस्रो बैठक बसि शुक्रबार दिनमा उहाँलाई दुई जना सदस्य मध्य एक जना घटाला लाई सर्वसम्मत रूपमा मनोनीत गरेका छन। छोटो समय भएपनि उनको जुन युनियन प्रति देखाएको जोश जागिर हिसाबले घटाला लाई रेडियो अपिको कार्यालय अबिर तथा दोसल्ला ओढाएर टीका ग्रहण गरेर बधाई दिएको रेडियो प्राविधिक प्रमुख धृष्ट न्यौपानेले बताएका छन।

उहाँको प्रगतिको उच्च समान गर्दै थप कार्यकालको शुभकामना दिदै बधाई दिएको सामुदायिक रेडियो अपिले जनाएको। आइतबार बिहान एक अनौपचारिक रूपमा प्रेस युनियन सदस्य घटाला लाई रेडियो संस्थाको हिसाबले कार्यालय भित्र बधाई कामना व्यक्त गरेका छन।

नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार मालती घटालालाई मनोनित गरिएको प्रेस युनियन बाजुरा सचीव राम बहादुर विकले जनाएका छन। थप प्रगतिको शुभकामना दिदै युनियन लाई मजबुत बनाउन उत्तिकै जिम्मेवारी थपिएको छ। हाम्रो युनियन संगठन प्रति उच्च काम गर्ने भरोसा सहित राखेको छ।

  • सेती कर्णाली खबर
  • -