October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल प्रेस युनियन सदस्यमा मालती घटाला मनोनित

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ १९, २०८० 0९:0९
नेपाल प्रेस युनियन सदस्यमा मालती घटाला मनोनित

बाजुरा- लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको सदस्यमा मालती घटालालाई मनोनित गरेको छ । शाखाको तेस्रो बैठकले घटालाई प्रेस युनियनको सदस्यमा मनोनित गरेको हो ।

युनियनका अध्यक्ष संगिता तिमिल्सेनाले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार मालती घटालालाई मनोनित गरिएको प्रेस युनियन बाजुराले जनाएको छ । प्रेस युनियनका सचिव रामबहादुर विकले युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको बताउनु भयो ।

  • सेती कर्णाली खबर
  • -