October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रेस युनियन बाजुराको विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ १८, २०८० 0८:५७
प्रेस युनियन बाजुराको विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न

उमेश रोकाया,बाजुरा- नेपाली प्रेस युनियन बाजुरामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा गरिएको छ

“व्यवसायी पत्रकारिता, प्रेस युनियन प्रतिबद्धता” भन्ने मुल अभियानका साथ मार्तडीमा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको समन्वय र नेपाल प्रेस युनियन केन्द्रिय प्रशिक्षण बिभाग आयोजनामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम बडिमालिका सभा हलमा गरिएको छ। प्रेस युनियन बाजुरा शाखा अध्यक्ष संगिता तिमिल्सिनाको अध्यक्षता कार्यक्रम सञ्चालन गरिएको प्रेस युनियन बाजुराका सचिव राम बहादुर वि.क. ले बताएका छ्न।

बाजुराका दुर्गम जिल्लाका पत्रकारलाई विभिन्न कामको लागी सिङ्गो प्रेस युनियन केन्द्र र प्रदेश कार्यसमिति लागिपरेको छ। यहाँको समस्यालाई मध्यनजर गर्दै बाजुरामा एक अनौपचारिक कार्यक्रम गरेर भेटघाट तथा छलफल गरेका छन। अझ प्रेस युनियन संगठ्न अहिलेको भन्दा राम्रो बनाउन जिल्ला युनियन आबद्ध पत्रकारहरुले उत्तिकै भुमिका रहेको कार्यक्रम अतिथि नेपाल प्रेस युनियन केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.ले बताएका छन।

बाजुरा लगायत सुदुरपश्चिम प्रदेश पत्रकार महासंघ नयाँ सदस्य तथा सुदृढीकरण विषय केन्द्रमा छलफल भएको छ। यहाँ युनियन लाई भएको पिडालाई मध्यनजर राखेर जुनसुकै काम गर्न प्रतिबद्धता बताएको छ। महिला पत्रकारिता वृद्धि विकास गर्न केहि महिना पछाडी तालीम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालनमा ल्याउन हामी तत्पर रहेकोे प्रेस युनियन केन्द्रिय अध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथि शिव लम्साल बताएका छन।

कार्यक्रमा प्रेस युनियन अध्यक्ष संगिता तिमिल्सिना बाजुरा पत्रकार क्षेत्रमा महिलालाई उत्पादन गर्न सबैको ध्यानाकर्षण रहनुपर्ने बताएका छन। पत्रकार क्षेत्र विभिन्न समस्या समाधान गर्नका निम्ति युनियन लगायत पत्रकार महासंघ सबै हेरफेर गर्न जरुरी रहेकोे छ। हामी युनियनका लागी जिल्लामा गर्नुपर्ने भुमिका लागि सधै तयारीमा रहेकोे युनियन अध्यक्ष तिमिल्सिनाले जनाएको छ।

विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम अध्यक्ष संगिता तिमिल्सिना प्रमुख अतिथि नेपाल प्रेस युनियन केन्द्रिय अध्यक्ष शिव लम्साल अतिथि नेपाल प्रेस युनियन केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम के.सी. प्रदेश युनियन समिति सदस्य, जिल्ला युनियन बाजुरा शाखा समिति लगायत पाटी प्रतिनिधि उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम संचालक नेपाल प्रेस युनियन बाजुरा शाखा सचिव राम बहादुर वि.क. ले गर्नुभएको प्रेस युनियन बाजुराले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -