October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १७, २०८० १0:१७
बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

बाजुरा- जिल्लाको गौमुल गाउँपालिका–६ चौकामा मंगलबार विहान एक घरमा आगलागी हुँदा घर जलेर नष्ट लाखौं क्षति भएको छ ।

विहान करिव ७ बजेको समयमा बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ । स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । चुलोमा बलिरहेको आगोमा ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा लगाए पछि घरमा आगालागी भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ ।

आगलागीबाट करिव २ लाख ५० हजार बढीको क्षति भएकोे अनुमान गरिएको छ । आगलागीबाट नगद २० हजार सहित घरभित्र रहेका गहना, अन्नपात, लत्ताकपडा, लालपूर्जा, नागरिकता, प्रमाणपत्र लगायत सबै जलेर नष्ट भएका छन् ।
स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट बचेको छ । यसअघि सोही वडाको टुनी टोलमा समेत एक घरमा आगलागी हुदाँ पूर्ण रुपमा क्षति भएको थियो ।

  • सेती कर्णाली खबर
  • -