October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक २३, २०८० १३:४४
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

“भ्रष्टाचार विरुद्धको सहकार्य सुशासनका लागि अपरिहार्य” भन्ने मुख्य अभियानका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर आयोजनामा हिमाली गाउँपालिका सभा हलमा कार्तिक २३ गते बिहीबार पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएका छन। उक्त कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सह सचिव असमान तामाङको अध्यक्षता रहनु भएको छ।

प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि उपाध्यक्ष राजकला सार्की, प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी लगायत वडा अध्यक्ष पालिका कर्मचारी सहित सहभागिता भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको संचालक सुन्दर धामीले बताएका छन।

जनप्रतिनिधि नैतिक बल हुनुपर्ने र गलत कार्यलाई निरुत्साहित बनाउन पर्छ भनेमा जोड दिनुपर्छ। पालिका स्तरीय बजेट कानुन दायरा बलियो बनाउन जरुरी छ। भ्रष्टाचार कहिलै नियन्त्रण हुदैनन् तर यसलाई न्यूनीकरण गर्नसकिन्छ। गलत नियतले दिइएको उजुरी पत्ता लागेमा ५ हजार जरिवाना गर्न कानुनी व्यवस्था समेत रहेकोे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सह सचिव असमान तामाङले बताउनुभयो।

सर्वप्रथम कञ्चनपुर बाट आउने अख्तियर टोलीलाई स्वागत तथा धन्यवाद दिएका छन। गाउँपालिका विरुद्ध विभिन्न किसिमका उजुरी सजिलोसँग प्राप्त गरेका छौ। जसमा अहिले आएका धेरै उजुरी परेका योजना देखि कार्यक्रम कोहि पालिका काम भएको आएका छन। कोही पालिका योजना छनोट नभएको भएपनि खाली उजुरी नाममा आएका छन। यो सिङ्गो पालिका लाई कामगर्ने वातावरण असहज बनाउने उद्देश्यले कसैको नियत बस हालेका छन। जति अख्तियर हाल्ने गरेपनि काम निरन्तरता साथ काम तिव्र रूपमा अगाडी बढाइरहेको छौ। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमले थप सुधार गर्ने मौका प्राप्त भएको छ। जुनसुकै कामकाज गर्दा निति नियम पुर्व गरिरहेका छौ। अझै हिमाली गाउँपालिका लाई सुखी हिमाली समृद्धि हिमाली बनाउन जनप्रतिनिधि तथा कर्मचारी सहित स्थानीयहरुको ठुलो भुमिका रहने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • -