October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

महशुल तिर्न बाकी रहेका कार्यालय तथा ब्यक्तिहरुकाे बिद्युतका लाई काट्न सुरु

  • सेती कर्णाली खबर
  • मङ्लबार, कार्तिक १४, २०८० १६:१५
महशुल तिर्न बाकी रहेका कार्यालय तथा ब्यक्तिहरुकाे बिद्युतका लाई काट्न सुरु

बाजुरा – नेपालबिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले बिद्युत महशु तर्न बाकिरहेका सरकारी तथा गैरसरकारी कार्यालय , उद्याेग, ब्यापारिक तथा ब्यक्तिगत घरहरुकाे महशुल बक्याैता बाकी रहेका सबै काे आज बाट लाईन काट्नेकाम शुरु गरेकाे छ ।
महशुल तिर्न ४ महिना महशुल तिर्न बांकी रहेका सबैकाे लाईन काट्ने कुरा रहेकाे बाजुरा बितरण केन्द्र बाजुराले एक सुचना मार्फत जनाएकाे छ ।
याे कार्य हाम्राे प्रदेश भरिनै चलेकाे जनाएकाे छ ।हामिले आजबाट मात्र सुरु गरेका छैा हामी तिहारसम्म याेकार्य लाई निरन्ता दिनेछाै र अबबाट प्रत्यक महिना जारिरहने नि बितरण केन्द्र प्रमुख लाेकराज जाेशीले वनायका छन् ।
आज बजारमा रहेका उद्याेग र केही ग्राहस्थ हरुका लाईन काटीएका छन् भाेलि बिहान अफिसटाईम भरि नै लाईन काट्न कर्मचारी हरु खटिने समेत जनाएका छन् ।

लाईन काटियका ग्राहक हरुले सबै महशुल र लाईन जाेडान रकम सबै तिरेमा मात्र लाईन जाेडिने नि बितरणकेन्द्र प्रमुख जाेशीले बताएका छन् ।बिनियम अनुसार ६०दिन पछी कार्यालयले जतिबेला पनि लाईन काट्ने सक्ने रहेकाे समेत जनाएकाे छ ।

बाजुरा बितरणकेन्द्रले त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि बाट लिज फिर्ता भएपछी काे याे लाईन कटाई पहिलाे रहेकाे छ ।अबबाट प्रत्यक महिना जसकाे महशुल तिर्न चार महिना बांकिरहन्छ उसकाे लाईन काटीने समेत हेकाे छ तर यसपटक भने बाजुरामा रहेका तिनबटै पाटीका पाटीकार्यालय र बाेडिङ,उध्याेग,र सरकारीकार्यालय तथा धेरैजसाे ग्राहस्थहरुका लाईन काटिने लिस्टमा रहेका जनाएका छन्। साे लिस्टमा जिल्लाका उपल्लाे ओहाेदाका नेतारुकाे पनि नाम देखीन आयकाे छ ।

  • सेती कर्णाली खबर
  • -