October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ताप्लेजुङमा तरुण दलको प्रदर्शन रोक्न प्रहरीको हवाई फायर

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ २२, २०८० 0८:४७
ताप्लेजुङमा तरुण दलको प्रदर्शन रोक्न प्रहरीको हवाई फायर

ताप्लेजुङ-  ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूको निलम्बन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ ।

प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कायालयमा ढुङ्गा समेत प्रहार गरेका छन् भने प्रदर्शन रोक्न प्रहरीले हवाई फायर गरेको छ । तरुण दलको टोलीले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् ।

प्रदेश सांसद खगेन सी हाङमामाथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दल आन्दोलित भएको हो । बिहीबार बेलुका प्रहरीले सांसदको निवासको ढोकामा लात्ती हान्नुका साथै आक्रमण गरेको भन्दै कांग्रेस जिल्ला समिति यसका भ्रातृ संगठनहरू आन्दोलित भएका छन् ।

  • सेती कर्णाली खबर
  • -