October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

हिमालीमा स्थानीय तहका कर्मचारी कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ २१, २०८० २१:२२
हिमालीमा स्थानीय तहका कर्मचारी कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने

उमेश रोकाया,२१ भाद्र/बाजुरा- हिमाली गाउँपालिका स्थानीय तहका कर्मचारीले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने संयुक्त विज्ञप्ति जारी गरेका छन।

बिहीबार हिमाली गाउँपालिकामा कार्यरत कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृतमार्फत नौ सूत्रीय माग राख्दै सो दिवस नमनाउने भन्दै संयुक्त विज्ञप्ती बुझाएका छन । हिमाली गाउँपालिकाका कर्मचारीहरुले सो दिवसलाई विरोध स्वरुप कालोपट्टी बाँधेर मनाउने हिमाली गाउँपालिकाका प्राविधिक शाखा कर्मचारी प्रेम बहादुर रावलले बताएका छन ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो, शान्ति र समृद्धिको आकाक्षा पूरा गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्न शासन प्रणालीको प्रशासनिक सुशासन विकास संरचना संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने विभेदकारी नीति निर्माण गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८०।०५।०४ गते निजामती सेवा दिवस भाद्र २२ गते मनाउने भनि यस गाउँपालिकामा पत्राचार गरेको हुँदा स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा सुविधा वृत्ति विकासको सुनिश्चितता नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा परिभाषामा नसमेटीएको अवस्थामा छ।

कर्मचारी विच विभेद भएको हुँदा निजामती सेवा दिवस मनाउन उपयुक्त नठहरी भाद्र २२ गते विरोध स्वरुप कालोपट्टी बाधी विरोध जनाउने भएको छ। स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धि व्यवस्थापन नभए सम्म निजामती सेवा दिवस नमनाउने निर्णयका साथै सम्बन्धि निकायको ध्यानाकर्षण सहित प्रस्तावित संघीय निजामती सेवा ऐनको मस्यौदामा देहायका समावेश गर्नका लागि जोडदार माग गरेका छन।

उनिहरुले संघीय निजामती सेवा ऐन नभइ एकिकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानिय तहमा मात्र हुनपर्ने, सरुवा प्रणाली सहमतिका आधारमा नभई अनसमान योग्य चक्रीय प्रणाली हुनपर्ने, संघ प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा सुबिधा र वृत्ती विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने, संघ प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनु पर्ने, सबै तहका कर्मचारीहरुको वृत्ती विकास खुला गर्ने र उमेर हद हटाउनुपर्ने ।

त्यस्तै निजामती कर्मचारीहरुले अस्पतालमा सबै सरकारी कर्मचारीहरु समेटनु पर्ने, प्रमुख प्रशासकीय पद स्थानिय तहकै हुनुपर्ने र स्थानिय तहमा कार्यरत कर्मचारीहरुको पुर्ण सुरक्षाको प्रत्याभुति हुनुपर्ने लगातका माग राखेका स्थानीय कर्मचारीले बताएका छन।

  • सेती कर्णाली खबर
  • -