October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सामुदायिक वन उपभोक्ता महासंघ हिमालीमा प्रथम अधिबेशन सुरु

  • सेती कर्णाली खबर
  • आइतवार, साउन २१, २०८० १२:५४
सामुदायिक वन उपभोक्ता महासंघ हिमालीमा प्रथम अधिबेशन सुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रथम अधिबेशन  आज सुरु भएको छ।

“वनको दिगो व्यवस्थापन लागि सामुदायिक अधिकार, उधमशिलता शसक्त संगठन समृद्धको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका सभामा गरिएको छ। सामुदायिक वन उपभोक्ता जिल्ला महासंग बाजुराले आयोजक रहेको आयोजकले बताएको छ। पालिका स्तरीय महासंघ समिति बनाउनका लागि केन्द ,प्रदेश  र जिल्ला हुदै पालिका औपचारिक रूपमा कार्यक्रम सुरु गरिएको हो।

पालिका भित्र रहेका सामुदायिक वन समिति लाई एकिकृत गर्नका लागि यो कार्यक्रम जिल्ला भित्रका पालिका सामुदायिक वन उपभोक्ता महासंघमा समावेश  गर्दै आएका छौँ। जिल्ला भित्र रहेको सम्पूर्ण वन उपभोक्ताहरुमा रहेकोे समस्याहरुको समाधान गर्न र उपभोक्ता समिति परेका मर्कालाइ समाधान गर्ने लक्ष्य अनुसार अघि बड्नका लागि पालिका स्तरीय संघसंगठन विस्तार गर्न लागेको । उक्त समस्याहरु लाई समाधान गर्नका निम्ति छाता संघसंगठन काम गर्दै आइरहेको छ। वन उपभोक्ता समिति बढ्दो करलाई दायरामा ल्याउन लागिपरेका सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष सीता बरालले सेतीकर्णाली खबरसंग खुलासा गरिन् ।

सामुदायिक वन उपभोक्ता महासंघ प्रथम अधिवेशन कार्यक्रम अध्यक्षतामा हिमाली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप थापा रहनु भएको छ। प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला उपाध्यक्ष अर्जुन रोकाया बिशिस्ट अतिथि नेकपा एमाले सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य अज बहादुर मल्ल, सामुदायिक वन उपभोक्ता महासंघ बाजुरा अध्यक्ष सीता बराल अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश वि.क., नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश शिक्षा युवा तथा खेलकुद विभागीय सदस्य दल बहादुर मल्ल, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य    चन्द्रकला बुढा लगायत बन उपभोक्ता समितिका सदस्यहरुको उपस्थितिमा हिमाली गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रथम अधिबेशन सुरु गरेका छन। पालिका स्तरीय महासंघका बनाउनका लागि गठन प्रक्रियाको चरणमा रहेकोे कार्यक्रम संचालक अर्जुन बुढाले बताएका छन।

  • सेती कर्णाली खबर
  • -