October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीको धुलाचौर बजारमा पहिलो पटक बिजुली बत्ती झलमल्ल

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १६, २०८० 0५:0२
हिमालीको धुलाचौर बजारमा पहिलो पटक बिजुली बत्ती झलमल्ल

उमेश रोकाया १६  साउन ,बाजुरा– जिल्लाको उत्तरी भेग रहेको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजारमा बिजुली  पहिलो पटक जलेको छ।

विगत लामो समय देखि धुलाचौर बजारमा विस्तार भएको समय बाट अहिलेसम्म बत्ति नहुदा बजारमा सोलार बालेर बसेका थिए। अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा बजारमा बत्ती जडान संगै उज्यालो बजार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी जलविद्युत आयोजना बाट संचालित १ सय वाट क्षमता भएको बत्ती रहेको छ। सोही विद्युत धुलाचौर बजारमा पनि लाइन जडान गरि उज्यालो बस्ती भएको छ।

गाउँपालिका केन्द्र धुलाचौर बजारमा बत्तीको सम्भावना अन्य कुनै उत्पादन गरेर निकाल्ने सम्भव नहुदा पालिका भित्र रहेको बत्ती लाई आवश्यकता अनुसार गुणस्तर   बढाएर आजको समयमा विद्युत सदुपयोग  गर्न सके आयस्रोतको ढोका खुल्नेछ।

 

धुलाचौर बजार मात्र उज्यालो बजार नभएर फैती र बोर्ता गाउँ समेत अध्यारो बस्ती लाई उज्यालो बस्ती भएको छ।

धेरै लामो समय देखि सोलारको प्रयोग गरेर बसेका अवस्था थियौं। आजभोलि बजारमा विद्युत नयाँ लाइन बिस्तार भए संगै बजारमा बत्ती जलाएर बसेका छौँ। बत्ती आएपछि बजार थुप्रै स्थानीय बासी लाई विद्युत आएको महसुस भएको छ। बजारमा बत्ती आए संगै होटेल व्यवसायी लगायत अरु व्यवसाय लाई थप उज्यालो बजार हुँदा सहज भएको धुलाचौर बजार बासी खुशी व्यक्त गरेका छन।

बजारमा बत्ती जडान भए संगै बजार उज्यालो बस्ती विस्तार भएको छ। भने बजारमा विभिन्न किसिमका बत्ति मार्फत चलाउने मेसिन औजार चलाउन सजिलो भएको छ। सानातिना सोलार चलाएको हुँदा मोबाइल चार्ज गर्ने समेत समस्या भएको थियोे। पुरै बजार प्रत्येक पसल होटेल उज्यालो भए संगै अध्यारो बजार बस्ती उज्यालो बस्तीमा बस्न पाएको छौ। सोलार भन्दा बिजुली बत्ती बजारमा हुँदा धेरै कामकाजमा ठुलो सहयोग मद्दत भएको स्थानीय व्यवसायीले बताएका छन।

अहिले बत्ती अझै धुलाचौर बजार पुरै उज्यालो हुन सकेको छैन। किनभने हामी संग भएको समान विद्युतको पोल देखि मुख्य लाइनको तारको समेत समस्या भएको छ। अहिलेसम्म सम्म ५० भन्दा बढी होटल तथा अन्य व्यवसायी पसलमा कालो तार जडान गरी बत्ती आइरहेको छ। बाकी समान पुरा हुने बित्तिकै बजार पुरै म्यान लाइन विस्तार गरि उज्यालो बजार गराउन लागिएको छ। सबै बजार बत्ती उज्यालो भैसकेको पछि बत्ती कवाडी जलविद्युत आयोजना लाई हस्तान्तरण गर्ने विद्युतको उपभोक्त समिति अध्यक्ष बम बहादुर मल्लले बताएका छ्न।

उज्यालो बस्ती बिस्तार गर्न हिमाली गाउँपालिका वडा नम्बर ६ को बोल्डिक र धिम गाउँ लाई विद्युतको लाइन विस्तार गर्न आवश्यक बजेट छुट्टयाइएको छ। भने अबको यही आर्थिक वर्ष २०८०/०८१ मा बोल्डिक र धिम गाउँका करिब पाँच सय भन्दा बढीका घर हरुलाई अध्यारो बस्ती लाई उज्यालो बस्ती बनाउन विशेष जोड दिएको छ। सुखी हिमाली, समृद्ध हिमाली बनाउने अभियानमा निरन्तर लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

 

  • सेती कर्णाली खबर
  • -