October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

  • सेती कर्णाली खबर
  • शनिबार, असार २३, २०८० १२:५९
पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

असाढ २३ मुग्लीन -पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ।
शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको छ। पहिरो खसेसँगै राजमार्ग दुबैतर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिएका छन्।

पहिरोले मानवीय क्षति नगरेपनि चौपायलाई पुरेको आशंका समेत गरिएकाे छ। तर के कति क्षतिभाकाे छ जाजकारी नभएकाे प्रहरीले जनाएकाे छ ।अवरूद्ध भएको सडक खुलाउन ८-९ घण्टा लाग्ने ट्राफिक ईन्चार्ज पाैडेल ले बताएका छन् ।
याे सडक खण्ड अबरुध्दहुदा राजधानी भित्र र बाहिर जाने यात्रुहरु लाई साै सकस भएकाे छ र राजधानी मा जाने सामान पनि राेकीएकाे छ ।

  • सेती कर्णाली खबर
  • -