October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढीनन्दा पूर्ण खोप सुनिश्चित पालिका घोषणा

  • सेती कर्णाली खबर
  • सोमवार, असार १८, २०८० १७:१९
बुढीनन्दा पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बाजुरा : बुढीनन्दा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिका अनुसार नगरका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा ओमजङ्ग शाहीले बताएका छन् ।

सोमबार बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनकुमार बोहराको अध्यक्षतामा पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरपालिकाले दशवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले बताएका छन् ।

“बुढीनन्दा नगपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौँ । पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । नगरपालिका भित्रका बालबालिका खोपबाट वञ्चित हुँने छैनन् ।” पालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको नगर प्रमुख जनककुमार बोहराले बताएका छन् ।

महिलाहरु घरायसी काममा व्यस्त हुँुने हुँदा यसअघि बालबालिका खोप लगाउन छुट्ने गरेका थिए । अहिले स्वास्थ्य केन्द्र स्थापना हुँदा खोपबाट वञ्चित हुँनुु नपरेको बुढीनन्दा नगरपालिकाका नगर उपप्रमुख रामबहादुर बोहोराले बताएका छन् ।
“गाउँघरका चिकित्सक मानिने महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका छन् ।

आगामी दिनमा पनि पालिकाका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुँने छैनन्”, बोहोराले भने । स्वास्थ्य शाखाका जनशक्तिहरु परिचालन गरेर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको उनले बताए ।

खोप पाउनु नैसर्गिक अधिकार भएकाले पालीकालाई पूर्ण खोप घोषणा गरिएको उनको भनाई छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डाक्टर प्रतिक न्यौपानेले पूर्ण खोप सुनिश्चिततालाई घोषणामा सिमित नराखी आगामी दिनमा दिगोपना दिनुपर्नेमा जोड दिएका छन् । घोषणा मात्रै ठूलो कुरा नभएको भन्दै यसको निरन्तरता प्रमुख चुनौती रहेको उल्लेख गरेका छन् ।

कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष र अन्य सरोकारवाला निकायका प्रतिनिधिले पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । पालिकाका दशवटै वडाका बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बुढीनन्दा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीले बाजुरा नौ वटै पालिकाहमा पूर्ण खोपयुक्त घोषणाको क्रम चलिरहदा बुढीनन्दा नगरपालिकाले पनि उक्त कार्य लाई निरन्तरका साथ अगाडि बढाउँदै जानेक्रममा २०७९ चैत २८ देखि ३० गतेसम्म दशवटै वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीको प्रत्यक्ष उपस्थितिमा बालबालिकाको सर्वेक्षण गरी ० देखि १५ महिनासम्मका ४४७ जना बालबालिकाहरुले नियमित खोप लिइरहेको र १६ देखि ५९ महिनाका ६८४ जना बालबालिकाले नेपालको राष्ट्रिय खोप तालिका बमोजिम लगाउनुपर्ने सम्पूर्ण खोपहरुको मात्रा पूर्ण भएको पाइएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जानकारी दिएका छन् ।

उनले भने सर्वेक्षणका क्रममा २० जना बालबालिकाहरुले कुनै पनि खोप नलगाएका ११८ जना बालबालिकाले आंशिक खोप लगाएको भेटिएको समेत जानकारी गराए । सो सर्वेक्षण पश्चात खोप छुट हुँन गएका सम्पूर्ण बालबालिकालाई २०८० बैशाख १५ गतेदेखि १८ गतेसम्म देश ब्यापीरुपमा चलेको खोज र खोप अभियानमा पाउनुपर्ने खोप पाएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको उनले जानकारी दिएका छन् ।

साथै पूर्ण खोप सुनिश्चित पालिका बनाउनमा अथक प्रयास गर्ने २९ जना स्वयंमसेविका र दश वटै वडाका स्वास्थ्य संस्थालाई प्रमाणपत्र प्रदान गर्दे धन्यवाद ज्ञापन समेत गरिएको छ ।

  • सेती कर्णाली खबर
  • -