October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुदूरपश्चिम प्रदेशले तोकेको नयाँ भाडादर बाजुरामा कायम भएन

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २१, २०८० १४:0२
सुदूरपश्चिम प्रदेशले तोकेको नयाँ  भाडादर बाजुरामा कायम भएन

बाजुरा २१ जेठ सुदूरपश्चिम प्रदेश सरकाले तोकेको भाडादर बाजुरामा कायम भएन।सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रीपरिषद) को जेठ १६ गते गरेको निणर्य अनुसार प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधानको नयाँ भाडादर बाजुरामा कायम नभएको खुलासा भएको छ।

प्रदेश सरकारले जेठ १८ गतेबाट कायम हुने गरी गरेको निणर्य अनुसार धनगढी देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ३ सय १७ किलोमिटर सडकमा १ हजार १ सय ४१ रुपैयाँ कायम गरेको छ । तर बाजुराको सदरमुकाम मार्तडीबाट धनगढी जाने यात्रुहरुले अहिलेपनि १ हजार ५ सय ८४ रकम तिर्दै आएका छन् ।

प्रदेश सरकारले नयाँ भाडादर कायम गर्ने निणर्य गरेको २ दिनपछि बडीमालिका नगरपालिका २ कि सोनाम चम्बों तामाङले बाजुराबाट धनगढी सम्म जानको लागि १ हजार ५ सय ८० रुपैयाँ गाडी भाडा तिर्नु पर्ने बाध्यता रहेको बताइन ।

  • सेती कर्णाली खबर
  • -