October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराका गाईगाेरुमा अज्ञात रोगको संक्रमण :दर्जनाैंकाे संख्यामा मृत्यु

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २१, २०८० १२:३७
बाजुराका गाईगाेरुमा अज्ञात रोगको संक्रमण :दर्जनाैंकाे संख्यामा मृत्यु

युबराज बडुवाल ,बाजुरा / जिल्लाको विभिन्न ठाँउमा गाईगोरुहरुमा अज्ञात रोगको संक्रमण देखिएको छ । गाँउघरतिर कतै गोरुहरु धमाधम बिरामी पर्न थालेका छन् त कतै बिरामी भएका गाईगोरु मृत्यु हुन पुगेका छन्  ।

जिल्लाको बडिमालिका नगरपालिका वडा।नं ६ जडाङ्गा ,कोर्ध ,पानीनाउलामा  करीब १ सय ५० भन्दा बढी गाईगोरु यस रोगबाट बिरामी भएका छन् । भने वडा न‌ं‍। ६ मा मात्र अहिले सम्म एक दर्जन भन्दा बढी गाईगोरु यो रोग लागेर मृत्यु भइसकेको वडा नं‍। ६ का स्थानीय दल बडुवालले जानकारी दिएका छन् ।

बडुवालले भने गाउँघरमा अहिले असार लागेको छ । यो रोग गाउँमा फैलीए दुइ महिना पुरा भैसकेको छ । असार लागेसंगै कामको चटारो पनि उत्तीकै बढ्दो क्रममा रहेको छ। गोरुहरु बिरामी भएपछी अहिले धान ,कोधो लगाउन रोपाइको लागी खोत जोत्न निकै कठीन भएको उनी बताउन्छन् ।

अर्का स्थानीय दील बडुवालले भने खोत ठुलो छ ।  मान्छेले खनेर रोपाइ गर्न सम्भवब छैन् । पहीले घरमा पालेको गोरुमा रोग लागेर मृत्युको शिकार बन्यो असार लगाउन फेरी गोरु किनेर ल्याएको अहीले एक हप्ता नबित्दै किनेर ल्याएको गोरु पनी यो रोगको शिकार बनेको बडुवालले बताएका छन् ।

यो रोग संक्रमण भएपछी गाईगोरु हिड्न नसक्ने शरिरमा फोका आउने,मुखबाट फिँज निकाल्ने,दानापानी नखाने,पातलो दिशा गर्ने, छाला जाने र घाउँ बस्ने बसेको घाउमा किरा परेपछी मृत्यु हुने उनले बताए । यता जिल्ला भेटनरी तथा पशु सेवा बिज्ञ केन्द्रमा अौषधी उपचारको लागी धाउदा यस रोगको कुनै उपचार नभएको जानकारी दिएको बडुवालले बताएका छन् ।

त्येस्तै यो रोग बडीमालिका नगरपालिका वडा नं। ७ रजातोलीमा पनी करिब एकसय भन्दा बढी परिवारका गाँइबस्तुहरु धमाधम बिरामी पर्न थालेको स्थानिय बासिले बताएका छन् । लामो समयसम्म राम्रो संग पालन पोषण गरेर पालेका गाईबस्तु धमाधम बिरामी पर्न थालेपछि स्थानियको लागी चिन्ताको बिषय बनेको छ ।

गाँइबस्तुहरुमा कुन रोगको संक्रमण देखिएइको हो त्यो पनि स्थानियबासीलाई थाहा छैन स्थानिय सरकारले पनि त्यसको बारेमा खासै चासो नदिएको स्थानियले बताउदै आएका छन ।

  • सेती कर्णाली खबर
  • -