October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सदरमुकाम मार्तडीमा एन्टी फाइबरनेट सञ्चालन

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन २१, २०७९ १0:३१
सदरमुकाम मार्तडीमा  एन्टी फाइबरनेट सञ्चालन

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा शनिवार साँझ देखि  दुर्त गतिको फाइवर नेट सेवा  सञ्चालनमा आएको छ । बिगत लामा समयदेखी चलाउदै आएको नेपाल टेलीकमको एडिएसल सेवालाई बिस्तापित गर्दै एन्टी फाईर नेट सेवा सञ्चालनमा आएको नेपाल टेलिकम कार्यालय बाजुराका  निमित प्रमुख मान बहादुर राेकायाले बताए ।  उनीले भने  एडिएसल चलाएका ग्राहकहरुलाई पहिलो चरणमा एन्टी फाईवर नेट बितरण गरिरहेको र केही ठाउँमा सञ्चालनमा समेत आइसकेको र  पुराना ग्राहकहरुलाई एन्टी फाइवरको नेट सेवा दिइसकेपछी नयाँ ग्रहाकहरुलाई समेत एन्टी फाइवर नेट सेवा दिने रोकायाले बताएका छन ।  बुढिगंगा नगरपालिकामा समेत सो सेवा सञ्चालन गरिने भएकाे छ्।
नि. प्रमुख राेकायाले  हाल २५ एमबिपिएस सम्म दिन सकिने एन्टी फाईवर नेटमा इन्टरनेट सेवा, फोन सेवार एन्टी टिभी समेत चलाउन मिल्ने नेपाल टेलिकमले जनाएको छ । एन्टी फाईवर नेटमा इन्टरनेट सेवा सञ्चालनमा आएपछी सदरमुकाम बासी निकै खुसि भएका छन् ।

  • सेती कर्णाली खबर
  • -