October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा प्रहरी प्रमुख फेरिए, थापा गए बोहोरा आए

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ २६, २०७९ 0७:0८
बाजुरामा प्रहरी प्रमुख फेरिए, थापा गए बोहोरा आए

बाजुरा — बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक फेरीएका छन । जेठको दोस्रो साता काजमा बाजुरा पुगेका प्रहरी नायव उपरिक्षक सुर्य थापा बाजुराबाट सरुवा भएका छन ।

प्रहरी नायव उपरीक्षक थापाको एकाएक सरुवा भए संगै बाजुराको प्रहरी प्रमुखको रुपमा कबिन्द्रसिहं बोहरा बाजुरा सरुवा भएर आएका छन ।

बाजुरामा स्थानिय तहको निर्बाचनका बेला हेलीकप्टर मार्फत काजमा बाजुरा आएका प्रहरी नायव उपरिक्षक थापाको एकाएक सरुवा भएको छ । थापाको बाजुराबाट नेपाल प्रहरी गण भरतपुर चितवनमा सरुवा भएको हो । थापाको बाजुराबाट सरुवा भएपछि बाजुराको डिएसपीको रुपमा कविन्द्र बोहराले सम्हाल्ने गरी आईपुगेका छन् । बोहरा यस अघि ०७४/७५ सालमा प्रहरी निरिक्षक भएर बाजुरामा आएका थिए । स्रोत- badimalikakhabar

  • सेती कर्णाली खबर
  • -