October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराका जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर २२, २०७९ 0१:३७
बाजुराका  जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

 मंसिर २२ बाजुरा – जिल्लाकाे  प्रदेश (क) का  नव निर्वाचित सभासद  नरेश कुमार शाहीले बाजुराको कुन्ना क्षेत्रका जनताले भोगिरहेका साझा समस्या समाधानको विषयमा स्थानीय प्रशासन लगाएत जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताएका छन् ।

सभासद शाहीले बुधबार विहान मुख्य निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य कक्षमा पग्नुभएको थियो । प्रजिअ अधिकारी संगका भेटमा बाजुरा विकासमा प्रमुख चारवटा क्षेत्रको विकास गरी  जनताको पिडामा मल्हम लाउनु  विकास र सुशासनको अनुभुति दिलाउने प्रदेश सभासदस्य शाहीले  बताए ।कुन्ना भेगमा  इलाका प्रशासन स्थापना गर्नुपर्ने । बाजुराको (क )प्रदेशका जनतालाई नागरिकता लगायत प्रशासन बाट लिने सेवा सुबिधा बाट टाढा रहेको भन्दै इलाका प्रशासन कार्यालय  कुन्ना भेगको चारवटा स्थानिय तह स्वामीकार्तिक खापर, जगन्नाथ , हिमाली गाउँपालिका र बुढिनन्दा नगरपालिकाका जनतालाई सहजतरिकाले पाई पर्ने ठाउँमा पहल गर्न सांसद शाही प्रमुख जिल्ला अधिकारी कहाँ पुगेका थिए । शाहीले आफ्नो क्षेत्रबाट पहल गर्ने जिल्ला प्रशासन कार्यलय बाट गर्ने पहल कदमी गर्न  प्रशासन जिल्ला अधिकारीलाई पनि तत्काल ताखेता गर्न निर्देशन  दिएका छन्।

छलफलमा प्रजिअ अधिकारीले इलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने वताउनुु भएको छ ।
त्यसैगरी बाजुरालीको सर्वाधिक पिडामा रहेको मार्तडी कोल्टी सडक खण्डको स्तरउन्नती तथा निरन्तर यातायात सञ्चालनको लागि  आवश्यक  पहल गर्न दोहोरो सम्बाद भएको छ। ।

मार्तडी कोल्टी सडकखण्डको दानसागु र अनाइखोलामा बेलिब्रिजको स्थापनाका लागि पहल हुनुपर्ने शाहीले बताए । मार्तडी कोल्टी सडकखण्डमा भाडा ब्यबस्थापन, प्रदेश( क) टेलिफोन को सुलभ सुविधा नहुँदा बेलुकी ५ वजे देखि विहान ९ बजे सम्म चारै स्थानिय तहमा सञ्चार सुविधाबाट बञ्चीत रहेकोले गुणस्तरीय टेलिफोन सेवाको ब्यबस्थापन गर्नुपर्न कुरामा जोड दिएका छन।                                         नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाजुराको आयोजनामा सभासद शाहीलाई  लाई बधाई  दिनुको साथै कार्यकालको सुभकामना समेत दिएको युवा नेता लोकेन्द्र  शाहीले बताए।

  • सेती कर्णाली खबर
  • -