October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रीपरिषदको निर्णय

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन १९, २०७९ 0९:५४
संघ र प्रदेशको निर्वाचन  मंसिर ४ गते गर्ने मन्त्रीपरिषदको निर्णय

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्।

यसअघि बुधबार सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न दिएको सुझाएअनुसार नै सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको हो।

  • सेती कर्णाली खबर
  • -