October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा बुढिगंगानगरपालिमा सर्वदलीय बैठक बस्यो, बैठक पश्चात् मतगणना सुरु हुने

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार २४, २०७९ 0४:४३
बाजुरा बुढिगंगानगरपालिमा  सर्वदलीय बैठक बस्यो, बैठक पश्चात् मतगणना  सुरु हुने

बाजुरा– बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न पश्चात मतगणनाका लागि सर्वदलिय बैठक सुरु भएकाे छ  । सर्वदलिय बैठक सम्पन्न पश्चात मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिग‌ंगाले जनाएको छ ।
बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो । बैसाख ३० गतेको चुनाबमा खसेको मत ७५.५८ हो भने करिब ९% मत पुन:  निर्वाचनमा असार २३ गते खस्न नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -