October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीका ५ वडा शाक्षरता घोषणा भए २ वडा शाक्षरता घोषणा हुन बाँकि

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ २५, २०७९ १२:५७
हिमालीका ५ वडा शाक्षरता घोषणा  भए २ वडा शाक्षरता घोषणा हुन बाँकि

बाजुरा-बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका भरीका ७ वटा वडा मध्य ५ वटा वडामा साक्षरता घोषणा गरिएको हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कबिन्द्र राज पाण्डेले बताउनु भएको छ।

हिमाली गाउँपालिकामा जेष्ठ २१ गतेदेखि २४ गते सम्म गाउँ पालिकाका भरीका वडा मध्य वडा न.१ को बिच्या, वडा न.२ को कोट, वडा न.३ को बौडी, वडा न.६ को धिम र वडा न.७ को बाधुको वडामा साक्षरता दर ९१.०३% प्रतिशातले साक्षरता घोषण गरिएको छ।

हामीले सबै वडा साक्षरता घोषणा गर्ने लक्ष्यसाथ हामी निरन्तर रुपमा लागिपरी रहेका छौ । भने हामी कर्मचारी तथा जनप्रतिनिधि टिम सहित खटिएका छौ । अब बाकी रहेको हिमाली गाउँपालिका वडा न.४ को फैतीमा र वडा न.५ को रुगिन को वडामा साक्षरता घोषणा गर्ने बाकी रहेको हिमाली गाउँपालिका कम्प्युटर अपरेटर कर्ण बहादुर रावलले जानकारी दिनु भएको छ।

  • सेती कर्णाली खबर
  • -