October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल जनस्वास्थ्य संघको केन्द्रीय सदस्यमा दया कृष्ण पन्तकाे उम्मेद्धारी- सेतिकर्णालीखबर

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस २०, २०७८ 0२:१६
नेपाल जनस्वास्थ्य संघको केन्द्रीय सदस्यमा दया कृष्ण पन्तकाे  उम्मेद्धारी- सेतिकर्णालीखबर

बाजुरा,२० पाैष,नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्यसमितिको सदस्यमा दया कृष्ण पन्तले पुष २४ गते हुने निर्वाचनको लागि केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएका छन्।

पेशागत समूहबाट महेश्वर श्रेष्ठको नेतृत्वमा आफुले खुला केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएको पन्तले जानकारी दिए।

सुदुरपश्चिम प्रदेश जनस्वास्थ्य क्षेत्रका अग्रज, अनुभवी, इमान्दार, शालिन, दृढ सन्कल्पका धनी, विचार र बिबेकमा अब्बल तथा सबै जनस्वास्थ्यकर्मीले बिश्वास गर्ने बरिष्ट जनस्वास्थ्य अधिकृत पन्तले नेपाल जनस्वास्थ्य संघको केन्द्रिय निर्वाचनमा पेशागत समुहको खुला सदस्य पदकाे उम्मेद्वारमा जनस्वास्थ्य क्षेत्रको बिकासको लागि जनस्वास्थ्यकर्मी ज्युहरु लगायत पेशागत समूहका सबै उम्मेदवार हरुलाई मतदान गरि सहयोग गर्न आग्रह गरेका छन्।

जनस्वास्थ्यसंग सम्बन्धित विभिन्न संघसंगठनमा रहेर सक्रियतापुर्वक काम गर्दै आएका पन्तले तमाम जनस्वास्थ्यकर्मीको हकहितको पक्षमा काम गर्न आफुले उम्मेद्धार दिएको बताएका छन्।

संघको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि ३५ जनाको उमेद्वारी परेको छ । अध्यक्ष, उपाध्यक्ष सहित कुल १५ सदस्यीय कार्यसमितिका लागि ३५ जनाको उम्मेद्धारी परेको हो ।

अध्यक्ष पदमा तीन जना, सहकोषाध्यक्षमा तीन जनाको उम्मेद्धारी परेको छ भने उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा दुई दुई जनाको उम्मेद्धारी परेको छ । सदस्यतर्फ समावेशीमा सात जना र खुला तर्फ १४ जनाको उम्मेद्धारी परेको निर्वाचन समितिले बताएको छ।

संघमा कुल १ हजार ७ सय १८ मतदाता रहेको समेत समितिले जानकारी दिएकाे छ । -newsline nepal

  • सेती कर्णाली खबर
  • -