
सेतीकर्णाली खबर
सुदूरपश्चिम प्रदेशको विकट जिल्ला डोटी, बोगटान फुड्सिल गाउँपालिकाका १२ वर्षीय बालक प्रिन्स बमले राजधानीमा आयोजित एक भव्य समारोहका बीच ’सातौँ सगरमाथा म्यूजिक अवार्ड’ जित्न सफल भएका छन् । बालप्रतिभा नृत्य विधा अन्तर्गत कडा प्रतिस्पर्धालाई हराउदै प्रिन्सले प्राप्त गरेको यो जितले यतिबेला उनको परिवार मात्र होइन, सम्पूर्ण सुदूरपश्चिम र बालकलाकारिता क्षेत्र नै गौरवान्वित भएको छ ।
पूर्वराष्ट्रपति परमानन्द झाको हातबाट सम्मानराजधानीको एक प्रतिष्ठित सभाहलमा आयोजित उक्त अवार्ड समारोहमा प्रिन्स बमले पूर्वउपराष्ट्रपति परमानन्द झाको हातबाट अवार्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन । नेपाली परम्परागत पोशाक दौरा–सुरुवाल र ढाका टोपी पहिरनका साथ प्रिन्स जब मञ्चमा चढे उनको आत्मविश्वासी मुस्कान र आकर्षक व्यक्तित्वले हलमा उपस्थित सबैको ध्यान आकर्षण गरेको थियो।
पूर्वउपराष्ट्रपति झाका हातबाट सम्मान थाप्दै गर्दा उनको अनुहारमा देखिएको त्यो खुसीले एउटा कुरा प्रष्ट पाथ्र्यो—यो ट्रफी केवल एक पुरस्कार मात्र होइन, उनको वर्षौँको साधना र सानै उमेरमा देखेको ठूलो सपनाको मूर्त रूप हो ।
विकटतालाई चिर्दै उदाएका ताराडोटीको बोगटान फुड्सिल जस्तो विकट ठाउँ, तेहाँ अझै पनि आधारभूत सुविधाहरूको पहुँच पुग्नसकेको छै। त्यहाँबाट आएर राष्ट्रिय स्तरको अवार्ड जित्नु सानो कुरा होइन । प्रिन्सको यो यात्रा सङ्घर्ष र दृढ सङ्कल्पको ठुलो उदाहरण हो । १२ वर्षको कलिलो उमेरमै नृत्य विधामा उनले देखाएको पारङ्गतता र लगनशीलताले उनलाई आज यो स्थानसम्म पुर्याएको हो ।
प्रिन्सको सफलतामा उनको परिवारको ठूलो योगदान रहेको देखिन्छ । उनका अभिभावकको भनाई यस्तो छ “आज प्रिन्सले हाम्रो शिर गर्वले ठाडो पारेको छ । उसको मेहनत र कलाप्रतिको लगनशीलताले आज हाम्रो सम्पूर्ण परिवारमा खुसि छाएको छ ।
वरिष्ठ कलाकारहरूको साथ र प्रेरणाप्रिन्सको यो साङ्गीतिक तथा नृत्य यात्रालाई अझ सर्बोच्च सिखर सम्म पुर्याउन नेपाली कलाकारिता क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुको ठूलो योगदान रहेको छ । खासगरी चर्चित मोडल सनम कठायत र लोकप्रिय अभिनेता पल शाहको नाम प्रिन्सको सफलताको यात्रासँग जोडिएको देखिन्छ । आफ्नो पहिलो म्यूजिक भिडियोमै अभिनेता पल शाहसँग काम गर्ने मौका पाउनु र सनम कठायतको निरन्तरको मार्गदर्शनले प्रिन्सलाई प्राविधिक र कलात्मक रूपमा निखारिन सहयोग पुगेको देखिन्छ ।
सम्मान कार्यक्रममा प्रिन्सको परिवारले यी दुवै कलाकारप्रति खुसी हुँदै भनेका छन्, “हाम्रो छोराको प्रतिभालाई चिन्नुहुने र यो यात्रामा साथ दिनुहुने सनम कठायतज्यू र पल शाहप्रति हामी निकै खुसि छौं ।“
सकारात्मक ऊर्जाको प्रतिमूर्तिः प्रिन्स बम जितले केवल एउटा ट्रफी मात्र ल्याएको छैन, यसले विकट ठाउँमा लुकेर बसेका हजारौँ बालप्रतिभाहरूलाई एउटा सकारात्मक सन्देश दिएको छ । यदि मनमा इच्छाशक्ति र शरीरमा मेहनत गर्ने तागत छ भने भूगोलले सफलतालाई रोक्न सक्दैन भन्ने उदाहरण प्रिन्स बनेका छन् ।
मञ्चमा प्रमाणपत्र र पुरस्कार समातेर उभिएका प्रिन्सको त्यो तस्बिरले एउटा भविष्यको ’सुपरस्टार’ हुने सङ्केत गरेको देखिन्छ । उनले नृत्य विधामा देखाएको यो उत्साहले भविष्यमा नेपाली कला क्षेत्रमा अझ ठूला उपलब्धिहरू हात पार्न सफल हुने विश्वास गरिएको छ ।
