
सेतीकर्णाली खबर
उमेश जङ्ग शाही पौष २५ काठमाडौं । गायिका इन्दिरा शाह युनिकको आवाजमा सजिएको भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ। आमाप्रतिको माया, त्याग र सम्झनालाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले दर्शक–श्रोताको मन छोएको छ।
गीतका शब्द प्रेम कटुवालले लेखेका हुन् भने संगीत हरी गिरी बिमर्शीको रहेको छ। गीतको निर्देशन जीवन शाहीले गरेका छन्। सार्वजनिक पोस्टरमा आमाको खुसी र पीडालाई एकसाथ प्रस्तुत गरिएको देखिन्छ, जसले गीतको भावनालाई अझ गहिरो बनाएको छ।
गीतमा कलाकारहरू रश्मि भट्ट र इन्दिरा शाह युनिकको अभिनय देख्न सकिन्छ। आमाको दैनिकी, संघर्ष र सन्तानप्रतिको निस्वार्थ प्रेमलाई जीवन्त रूपमा चित्रण गरिएको भिडियोले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
रेकर्डिङ गोविन्द पराजुलीले गरेका हुन् भने स्टुडियो पृज्मा रहेकोछ। गीतको सम्पादन विश्व खड्काले गरेका छन्।
आमाको माया र सम्झनामा समर्पित यो गीतले विशेषगरी आमालाई गुमाएका वा आमाबाट टाढा रहेका दर्शक–श्रोताको मनमा भावनात्मक स्पर्श गर्ने अपेक्षा गरिएको छ।
यहाँ क्लिक गरि हेर्नुहोस https://youtu.be/wKyVtxyZWJI
