June 6, 2025 | शुक्रबार, जेष्ठ २४, २०८२

• बाजुरामा २ दिने आँखा शिबिर संचालन

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ २४, २०८२ 0९:५७
• बाजुरामा २ दिने आँखा शिबिर संचालन

बाजुरा– बाजुरा जिल्बलाकाे बडीमालिका नगरपालिकाको आयोजनामा र नेपाल नेत्रज्वती संघ गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा सदरमुकाम मार्तडीमा २ दिने आँखा शिबिर संचालन गरिएको छ ।
जिल्ला अस्पताल बाजुरामा संचालन भएको शिबिर आजदेखि सुरू भएको हो । शिबिरमा मोतिबिन्दु लगायतका समस्या पहिचान शल्यक्रिया (अप्रेसन) गरिने आयोजनकले जनाएको छ । उद्धघाटन कायर्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले शिविरमा सहयोग गर्ने गेटा आखा अस्पतालको टिमलाई धन्यबाद दिनुका साथै आगामी दिनहरुमा सहयोग र सहकार्यको समेत अपेक्षा ब्यक्त गरेका थिए ।

नगरप्रमुख खड्काले नगरबासीको स्वास्थ्य जीवन गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो प्राथमिकता रहेकाे बताएका छन ।  कार्यक्रमकाे अध्यक्षता भने बडिमालिका नगरपालिकाका नगर प्रमुख अम्मर बहादुर खड्काले गरेका हुन् ।

  • सेती कर्णाली खबर
  • -