June 6, 2025 | शुक्रबार, जेष्ठ २४, २०८२

मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ २३, २०८२ 0९:३६
मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

 

२२ जेठ, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिले सम्म भ्रष्टाचार नगरेको बताएका छन् ।
पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् ।
‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले म अब काठमाडौं जाँदैछु,’ नेपालले भने ।

उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेको एक जिल्ला नेताले बताए

पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताए।
नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँग भेटमा भने, ‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन।’
उहाँले भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचार आएपछि काठमाडौं जाँदै हुनुहुन्छ।

  • सेती कर्णाली खबर
  • -