May 9, 2025 | शुक्रबार, बैशाख २६, २०८२

बुढीनन्दा ७ की गम्भिर घाइते रहेकी महिलाको मृत्यु, बम पड्केको आशंका

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख २६, २०८२ १0:२१
बुढीनन्दा ७ की गम्भिर घाइते रहेकी महिलाको मृत्यु, बम पड्केको आशंका

बाजुराको बुढीनन्दा नगरपालिका ७ सेरकाटियाकी घाइते महिलाको मृत्यु भएको छ । गम्भिर घाइते काली जोशीको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो ।

जंगलमा गाईगाेरुलाई घाँस काट्न गएकी काली जैशीलाई स्थानीयले घाइते अवस्थामा फेला पारेका थिए । उनलाई उपचारका लागि कोल्टी अस्पतालमा पुर्याएको थियो । उनको शुक्रवार दिउँसो सवा १२ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख डाक्टर रञ्जित शाहले  बताएका छन् । उनको छाति र पाखुरामा भएकाेले उक्त  घाउका कारणले अत्याधिक रक्तश्राव हुँदा मृत्यु भएको डाक्टर शाहले बताए ।

शाहका अनुसार हेर्दा खेरि बम वा बन्दुक पड्केको हो एकिन हुन नसकेको बताए । मृतक महिलाको शव पोष्टमार्टमका लागि कोल्टी अस्पतालमा राखिएको छ ।

घटनास्थल नजिक रहेका स्थानियको भनाई अनुसार बम पड्केको जस्तै ठुृलो आवाज सुनिएको थियो हामिले केही थाहा छैन उहाँ एक्लै हुनुहुन्थ्याे हामिलेत ठुलाेआवाज सुन्याेै बम पट्के जस्तै आवाज सुन्याै र हामी आवाजकाे भरमा यहाँ आयाै यहाँ पुग्भदा त उहालाई घाईते अवस्था मा भेटायाै त उहाकाे पाखुरा र छाती छेदबिच्छेद भएको अवस्थामा देखेकाे स्थानियले बताएका छन् ।

त्यहांका स्थानिय अनुसार घटना भएको ठाउँबाट महिला धेरै तल परेको अवस्थामा फेला पारेको बताएका छन । सो ठाउँमा बम पड्केको जस्तै आवाज आएको स्थानियहरुले बताएका छन् ।

द्न्दकालमा याे भेगमा माओवादी बास बस्ने र हिडडुल गर्ने गरेका थिए त्यसैले साेही बेला कसै ब्यक्तिकाे हात वा झाेला बाट बम हरायकाे हुनसक्ने त्यतिबेला नपट्केकाे र अहिले घाँस काट्ने बेला पट्केकाे हुन सक्ने स्थानियहरुकाे संकामा समेत रहेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सहितको टोली घटनास्थलतर्फ गएको जनाएको छ । घटना के कसरी भएको एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारी ले जनाएका छन्

  • सेती कर्णाली खबर
  • -