बाजुरामा घाँस काट्न गएकी एम महिला गम्भिर घाईते, पड्केकाे बम हुने मा आसंका
बाजुरा जिल्लाकाे बुढीनन्दा नगरपालिकामा घाँस काट्न गएकी एक महिला गम्भिर घाईते भएकी छन् ।बुढीनन्दा नगरपालिका वडा न ७ सेरकाटियाकी एक महिला घाँस काट्न गएको अवस्थामा घाईते भएकी छन । लेखकाे घरछाना नजिकै घाँस काटीरहेकाे अवस्थामा सोही गाउँकी काली जैशी घाईते भएकी छन । घटना स्थल नजिक रहेका स्थानियको भनाई अनुसार बम पड्केको जस्तै ठुृलो आवाज सुनिएको बताएका छन । घाइते महिलाको पाखुरा र छाती छेदबिच्छेद भएको स्थानियले बताएका छन ।
स्थानियका अनुसार घटना भएको ठाउँबाट घाईते महिला धेरै तल परेको अवस्थामा फेला पारेको बताएका छन । साे ठाउँमा बम पड्केकाे जस्तै आवज आएकाे स्थानियले बताएका छन । बम पड्केको जस्तै आवज आयो र मान्छे कराएको आवज आएपछि हामी त्यँहा पुग्दा घाइते अवस्थामा फेला पार्यौ र प्रहरीलाई समेत खवरका छौ स्थानिय सर्मिला पाण्डेले बताएकी छन । घाइते जोशीलाई एम्बुलेन्स मार्फत कोल्टी प्राथमिक अस्पताल लिन लागेको उनले बताएकी छन । म अलि टाढे थिए साे ठाउमा के भयाे भन्ने आफुलाइ थाहा नभएकाे आवज मात्रै सुनेकाे उनले बताइन ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीका अनुसार हामीलाइ घाइते भएको खवर आएको छ सो घटनाको बिवरण बुझ्न ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरीको टोली गईसकेको बताएका छन । घटना के भएको भन्ने बिषयमा प्रहरीको स्थलगत रिर्पोट आउन बाकी रहेकोले घटना बिवरणपछी मात्र थाहा हुने प्रहरी प्रमुख हवारीले बताए ।