अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएकाे आगलागीबाट २७ घर टहरा जलेर नष्ट हुदा ७ कराेड भन्भदा बढी क्षती भएकाे छ ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। राति करिब ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका १५ टिनले बनेको घर, १० ढुंगा माटो र २ पक्की घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएकाे छ ।
मङ्गलसेन नगरपालिकाको दमकल सहित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले झण्डै पाँचघण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ७ करोड ५४ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएकाे छ।
आगलागीका कारण जयगढ बजारमा ठुलो क्षति भए पश्चात् बान्नीगढी जयगढ गाउँपालिकाको बिपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ भने आकस्मिक कार्यपालिका बैठक बोलाईएको छ ।
गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले आगलागीबाट विस्तापितहरुलाई तत्काल ६ लाख रुपैँया राहत दिने निर्णय गरेको बताइएकाे छ ।