April 7, 2025 | सोमवार, चैत्र २४, २०८१

शैक्षिक माग सम्बोधनका लागि स्वामीकार्तिकले गर्यो पहल

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र २४, २०८१ १0:00
शैक्षिक माग सम्बोधनका लागि स्वामीकार्तिकले  गर्यो पहल

बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्लामा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि केन्द्र सरकारलाई पत्र पठाएर पहल गरेको छ। गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै, गाउँपालिकाभित्रका विद्यालयहरूमा आवश्यक शिक्षक दरबन्दी तथा सेवासुविधाको माग प्रस्तुत गरेको हो।

गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाद्वारा हस्ताक्षरित उक्त पत्रमा, जिल्लामा शिक्षण पेशामा रहेका अस्थायी तथा करार शिक्षकहरूको स्थायीत्व, व्यवस्थापन र शिक्षक संख्या थप गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। यस्तै, शिक्षकमाथि बढ्दो कार्यभार र स्रोतसाधनको अभावले गर्दा गुणस्तरीय शिक्षा प्रभावित भइरहेको भन्दै स्थायी दरबन्दी पूर्तिका लागि आवश्यक पहल गर्न माग गरिएको छ।

हालै काठमाडौंमा आयोजित आन्दोलन कार्यक्रमपछि उठाइएको मागसम्बन्धी उक्त पत्रमा शिक्षाका क्षेत्रमा देखिएको समस्या समाधानका लागि शीघ्र पहल आवश्यक रहेको जनाइएको छ। गाउँपालिकाले शिक्षामा देखिएको चुनौती समाधान गर्न मन्त्रालयसँग तत्कालको ध्यानाकर्षण गराएको छ।

  • सेती कर्णाली खबर
  • -